हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

जापान पुगेर डाक्टरले श्रीमती र छोरीको बेवास्था गरेपछि ….

काठमाडौं, २८ साउन । । १५ वर्षदेखि जापानमा बस्दै आएका एक नेपालीलाई श्रीमती र छोरीमाथि कुनै हेरचाह नगरी अलपत्र पारेको आरोप लागेको छ ।


विगत १५ वर्षदेखि जापानमा बस्दै आएका चितवनको कालिका नगरपालिका –७ स्थायी ठेगाना भएका डा.कमल लामिछानेले श्रीमती अनुराधा भट्टराई र छोरी रिजुलाई हेरचाह नगरी अलपत्र पारेको आरोप लागेको हो ।

पीडितले श्रीमानले कुनै हेरचाह नगरेको भन्दै काठमाडौं जिल्ला अदालत काठमाडौंमा अंशबण्डाको मुद्दा नै दायर समेत भएको छ । पीडित अनुराधाले गएको चैत ७ गते दर्ता गराएको फिराद पत्रमा मुलुकी ऐन अदालती बन्दोबस्तको ८२ नम्बरले आफ्नो हकमा पुग्ने अंशबन्डाको १,२,३ र १० नम्बर समेतको आधारमा अंशबण्डा नभएको भन्दै अंशको दाबी गरिएको छ ।

जसमा छोरी रिजुको हकमा साक्षीको रुपमा आमाको हैसियतमा र आफ्नो हकमा समेत फिराद माग दाबीसहित अंश दिलाई पाउँ भन्दै निवेदन दिइएको छ । मुद्दामा अनुराधाले कमलसँग २०७० असार २७ मा सामाजिक परम्परा अनुसार बिबाह भएको र गएको असोज २५ मा मात्रै छोरीको जन्म भएको उल्लेख गरिएको छ । अनुराधा र उनले जन्म दिएको शिशु रिजु सबलाङ्ग भएपनि कमल भने दृष्टिबिहिन भएको बताइएको छ ।

अदालतमा दायर गरिएको निवेदनमा भनिएको छ, ‘हाम्रो घर परिवारमा सम्पत्ति भएर पनि सम्पत्ति नभएजस्तो गरेर बस्नु परेको कारण जीवन सञ्चालन कठीन भएकाले प्रस्तुत फिराद लिई यस अदालतको शरणमा आएका छौं ।’ कमल र अनुराधा छोरी सहित जापानमा बस्दै आएको भएपनि परिवारका अन्य सदस्य चितवन र कुलेश्वरमा बस्दै आएका समाचार रिपोर्टसक्लब नेपालमा छ |।

अनुराधाले प्रतिवादी बनाएर श्रीमानसहितका परिवारका सदस्यलाई अदालतमा मुद्दा दायर गरेपनि कमलले छलछाम गरेको बताइएको छ । कमलले आमा तथा दाजुहरुबाट अंश लिएर पनि श्रीमती र छोरीले अंश माग गर्दा उल्टै पाएको छैन भन्दै उनीहरुलाई अंशबाट बन्चित गर्न खोजी आफूहरुलाई समेत तनाव सिर्जना गराएको भन्दै गुनासो गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution