हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

टर्की: युरोप तथा अमेरिकामा ठगी गरी नेपाली ओसारपसारको ‘ट्रान्जिट’

युरोप तथा अमेरिका पठाउने भन्दै नेपालीलाई ठगी गर्ने गिरोहले युरोपसँग सीमा जोडिएको टर्कीलाई मुख्य केन्द्र बनाउन थालेको अधिकारीहरूले बताएका छन्।

पानीजहाजमा जागिर लगाइदिने बहानामा दलालहरूले टर्की पुर्‍याएर नेपालीहरूलाई अलपत्र छाड्न थालेको उनीहरूको भनाइ छ।

टर्की गए त्यहाँबाट युरोप, अमेरिका र अष्ट्रेलिया समेत जान सकिने भन्दै दलालले मानिसहरूलाई फसाउने गरेको अधिकारीहरूले बताएको बिबिसिमा समाचार छ |

टर्की पुर्‍याएर अलपत्र पारिएका उजुरीहरू पछिल्ला दिनहरूमा बढिरहेको प्रहरी अधिकारीहरूले जनाएका छन्।

टर्कीमा पानीजहाज र क्रुजमा आकर्षक जागिर लगाइदिने वा त्यहाँबाट युरोप र अमेरिका पुर्‍याउने आश्वासन दिएर फसाइएको ब्यहोराका उजुरीहरू परेको बताइन्छ।

पहिले-पहिले खाडी तथा मलेसियालगायतका मुलुकमा पठाउने बहानामा ठगी गर्नेहरूले टर्कीलाई केन्द्र बनाउन थालेको देखिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए।

उनले भने, “युरोप र अमेरिकाचाहिँ नेपाली रोजगारीमा लाग्ने युवाहरूको पहिलो रोजाइमा परेको छ। त्यसकारण वैदेशिक रोजगारी र कतिपय अवस्थामा मानव बेचबिखन तथा ओसारपसारका एजेन्टहरूले पनि टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गरेको देखिन्छ।”

उनले त्यहाँबाट दलालले अष्ट्रेलिया, अमेरिका, क्यानडा, नर्वे, डेनमार्कलगायतका देशहरूमा उनीहरूलाई पठाउने गरेको पछिल्ला अभिलेखहरूले पुष्टि गरेको बताए।

कतिपय घटनामा म्यानपावर र शैक्षिक परामर्श कम्पनीहरू समेत संलग्न देखिएकाले यस्तो कार्यमा दलालहरूको गिरोह नै सक्रिय हुनसक्ने प्रहरीको आशंका छ।

विशेषगरी सिरियालगायतका द्वन्द्वग्रस्त मुलुकहरूबाट शरणार्थीका रूपमा टर्कीको बाटो हुँदै युरोप जाने गरेका समाचार आउन थालेदेखि दलालले नेपालीलाई पनि त्यस्तै आश्वासन दिएर लाने गरेको बताइन्छ।

टर्कीमा काम गर्न जान नेपालीलाई रोक नलगाइए पनि द्विपक्षिय सम्झौता नभएकाले समस्या रहेको सरकारी अधिकारीहरू स्वीकार्छन्।

तर, टर्की मामिला समेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूत सेवा लम्साल औपचारिक रूपमा दूतावासमार्फत् गएका कामदारहरूमा समस्या नदेखिएको बताउँछिन्।

उनले भनिन्, “हाम्रो दूतावाससँग समन्वय गरेको कामदारहरु खुसी नै देखिनुभएको छ। जतिपनि समस्या आएको छ त्यो चाहिँ अवैध रूपमा जाने र दूतावाससँग समन्वय नगरी जाने मानिसहरूको समस्या हो।”

कतिपय सरकारी अधिकारीका अनुसार टर्कीको भारतस्थित दूतावासले नेपाल मामिला हेर्ने र नेपालको चाहिँ पाकिस्तास्थित दूतावासले टर्की मामिला हेर्ने हुँदा समन्वयमा अप्ठेरो परेको छ।

प्रहरीका अनुसार उजुरीपछि अवैध रूपमा मानिस पठाउने केहीलाई पक्राउ गरिएको र कतिपय दलाल अझै फरार छन्।

प्रहरी प्रवक्ता क्षेत्रीले भने, “दलाललाई रोक्न विभिन्न पहलहरू गरेका छौ। हामीले अहिलेसम्म २७ वटा रेड नोटिस र २३ वटा डिफ्युजन नोटिस पनि जारी गरेका छौँ। यसमा ८० प्रतिशत मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मानिसको नाममा भएको छ।”

खाडीका मुलुक हुन् वा विकसित देश पुग्न चाहने खासगरी युवाले दलाललाई बढी विश्वास गर्नाले ठगी बढेको बताउँदै अधिकारीहरूले त्यसमा सचेत रहन आग्रह गरेका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution