आदिवासी जनजाति राष्ट्रिय पत्रकारिताबाट चार जना पत्रकार पुरस्कृत

काठमाडौं- आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५ बाट चार जना पत्रकारहरु पुरस्कृत भएका छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आइतबार १९औ स्थापना दिवसको अवसरमा पुरस्कृत गरेका हुन्।
पुरस्कृत हुनेहरुमा यस वर्ष रेडियोबाट विमला चौधरी, अनलाइनबाट पत्रकार उजिर मगर, टेलिभिजनबाट भैरव आङला र छापा माध्यमबाट छेटु शेर्पा रहेका छन्।
उनीहरुलाई सूचना सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनही ४० हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरेका थिए।
पत्रकार खिम घले संयोजकत्वको पुरस्कार छनौट समितिले साउन १४ गते पुरस्कृत हुने पत्रकारको नाम फोनिज केन्द्रलाई सिफारिस गरेको थियो भने फोनिज केन्द्रको सचिवालय बैठकले सो सिफारिसलाई मंगलबार अनुमोदन गरेको थियो।
पुरस्कार छनौट समितिमा टीकाराम राई र अनिता गुरुङ सदस्य थिए।