हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

अनेसास इजरायलको पाँचौं अबिधेशनबाट अध्यक्षमा निशा अर्याल

तेलअविव – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) इजरायल च्याप्टरको पाँचौं अबिधेशन इजरायलको तेलअभिभमा सम्पन्न भएको छ ।

अनेसास इजरायल च्याप्टरका अध्यक्ष भगवती बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपालका राजदूत निरञ्जनकुमार थापा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत थापाले प्रवासी भूमिमा रहेर साहित्यका माध्ययमबाट आफ्नो संस्कृतिको सम्बद्र्धनका साथै प्रचारप्रसार गरी विश्वभरी फैलाउनमा अनेसासले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।

शुक्रवार भएको अबिधेशनबाट निशा अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

अधिबेशनबाट बरिष्ट उपाध्यक्षमा लक्ष्मी अनुरागी भट्टराई, उपाध्यक्षमा नेहा गुरुङ, महासचिवमा दीया चापागाईं, सचिवमा मनिषा प्रसाईं, कोषाध्यक्षमा नुतन भुषाल र सहकोषाध्यक्षमा सुमित्रा दवाडि सदस्यहरुमा मञ्जु घिमिरे, स्वस्तिका श्रेष्ठ, अञ्जना भट्टराई, तारा पोखरेल, राज लिम्बु र सुरेन्द्र प्रसाईं चयन भएका छन् |

अनेसास इजजरायलका तत्कालिन सचिव दीया चापागाईंले सञ्चालन गरेको सो कार्यक्रममा नवनिर्बाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि राजदूत थापाले कार्यकालको सफलता सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस्तै कार्यक्रममा लामो समयदेखि इजरायललाई कर्मथलो बनाएर सदाका लागि घरदेश नेपाल फर्कने तयारीमा रहेका अनेसासका निबर्तमान अध्यक्ष तथा इजरायलका लागि नेपालका संस्कृति तथा पर्यटन सदभावना दूत भगवती बस्नेत र प्रवासी नेपाली मञ्च इजरायलका सांस्कृतिक विभाग प्रमुख धर्म भण्डारीको पनि बिदाइ गरिएको थियो ।

-दीया चापागाईं,इजरायल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution