हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

चीनमा लुम्बिनीको फोटो देखेर जापानी पूर्व प्रधानमन्त्री मख्ख

त्यतिन्जेलसम्म होटल व्यवस्थापनले त्यो फ्लेक्सको महत्व के हो भन्ने कुराको खासै हेक्का राखेको थिएन ।

मिन्चु होटलको लबिमा लुम्बिनी र माछापुच्छ्रेको फोटोलाई ठूला फ्लेक्समा प्रिन्ट गरेर आमनेसामने ठड्याइएको छ । चीन भ्रमणमा रहेका जापानी पूर्वप्रधानमन्त्री युकिओ जब मिन्चु होटलमा पुगे तब उनले लुम्बिनीको फोटो देखेर आश्चर्यभाव प्रकट गरे । उनले लुम्बिनीको फ्लेक्स अगाडि फोटो खिचाए र त्यसका बारेमा निकै सोधखोज गरे ।

होटलकी महाप्रवन्धक सिया मिनहुईले आफ्नो होटलमा नेपाली खाना महोत्सव चलिरहेको र त्यसैको सजावट गरिएको बताइन् । ‘जापानी पूर्वप्रधानमन्त्रीले समेत सोधखोज गरेपछि बल्ल मैले यसको महत्व थाहा पाएँ’  होटलकी महाप्रवन्धक सियाले भनिन् ‘मैले त्यो फोटो महत्वपूर्ण ठाउँको हो भन्ने कुरा वास्तै गरेकी थिइँन ।’

जापानी नेता युकिओले लुम्बिनी र नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको पनि बताए । उनले नेपाली खाना खाने इच्छा व्यक्त गरे । शुक्रबार उनी निकै व्यस्त भएकाले शनिबार दिउँसो नेपाली खाना महोत्सव चलिरहेको मिन्चु होटलको रेष्टुरेन्टमा फेरि गए । ‘उनले निकै मिठो मानेर नेपाली खाना खाए’ नेपाली सेफ श्रीराम अधिकारीले भने ‘खाना खाइसकेपछि उनले हामीसँग खाना मिठो भएको प्रशंसा गरे र फोटो पनि खिचाए ।’

जापान प्रजातन्त्र पार्टीका प्रमुखको रुपमा युकिओ सन् २००९ सेप्टेम्बर १६ देखि सन् २०१० जुन २ सम्म जापानका प्रधानमन्त्री भएका थिए । उनी यतिबेला चीन भ्रमणमा रहेका छन् ।

नेपाल चीन कुटनीतिक सम्बन्धको ६३ औँ वार्षिकोत्सव मनाउने क्रममा नेपाली दूतावास बेइजिङले गत अगष्ट १ तारिखदेखि मिन्चु होटलमा नेपाली खाना महोत्सव संचालन गर्दै आएको छ । आगामी बुधबारसम्म रहने सो खाना महोत्सवमा अहिलेसम्म हजारौँ व्यक्तिले नेपाली खानाको स्वाद लिइसकेका छन् । नेपाली खानासँगै शुक्रबार साँझ पाहुनाहरुले नेपाली नाचगान लगायतका विविध नेपाली संस्कृतिको पनि अवलोकन गर्दै आएका छन् ।

नेपाली खाना महोत्सवले बेइजिङमा निकै चर्चा कमाएको मिन्चु होटलका उपमहाप्रवन्धक ऊ होङफूले बताए । नेपाली सेफहरु श्रीराम अधिकारी र सुरेशचन्द्र बस्नेत निकै मिहिनेती रहेको बताउँदै उनले भने ‘उनीहरु कुसल सेफ हुन् । हाम्रा पाहुनाले नेपाली खाना खुबै मन पराएका छन् ।’

बेइजिङमा मिन्चु होटलले विभिन्न देशका खाना महोत्सवको आतिथ्य गर्दै आएको छ । नेपाली खाना महोत्सवभन्दा ठीक अगाडि श्रीलंकाली खाना महोत्सव पनि यही होटलमा भएको थियो ।  ‘हामीले अहिलेसम्म ३४ देशका खाना महोत्सवको आतिथ्य गरिसकेका छौँ,’ ऊले भने, ‘नेपाली खानाको तुलनामा अन्य देशको खाना लोकप्रिय भएजस्तो मलाई लागेन ।’ नेपाली खाना महोत्सवले थुप्रै चिनियाँमा राम्रो प्रभाव पारेको र नेपालको संस्कृति तथा पर्यटन प्रवद्र्धन भएको उनले बताए  खाना महोत्सवपछि आफूले पनि नेपाल भ्रमण गर्ने सोचाइ राखेको बताए को कान्तिपुरमा छ |

मिन्चु होटलले आफ्नो मेनुमा नेपाली खाना पनि राख्ने भएको नेपाली सेफ एसोसिएसनका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए । आफूहरुले चिनियाँ कुकलाई नेपाली खाना बनाउन सिकाएको र अहिले उनीहरु राम्रोसँग नेपाली खाना बनाउन जान्ने भएकाले अब होटलले एकदुई नेपाली खानालाई आफ्नो मेनुमा राख्ने भनेको अधिकारीले उल्लेख गरे । ‘हामी त चिनियाँहरुलाई नेपाली खानाको प्रचारप्रसार गर्न आएका थियौँ,’ अधिकारीले भने,  ‘अहिले त प्रचारप्रसार जापानसम्म पुग्यो ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution