हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

इजरायलबाट धनगढीको छात्रावासलाई आर्थिक सहयोग

धनगढी – वैदेशिक रोजगारीमा रहेकी १ महिलाले धनगढीस्थित आमाको माया छात्रावासमा बस्ने बालकलाई आर्थिक सहयोग प्रदान गरेकी छन् ।

 

वैदेशिक रोजगारीका सिलसिलामा इजरायलमा रहेकी दिया चापागाईंले छात्रवासमा बस्ने बालकलाई आर्थिक सहयोग प्रदान गरेकी हुन् ।

नेपालको पर्वत जिल्लामा घर भएकी चापागाईंले आफ्ना २ छोरी नबिना र नमूनाको सम्झनामा १४ हजार ५१ रुपैयाँ सहयोग गरेकी हुन् ।

स्थानीय पत्रकार दीपक ओलीमार्फत् उपलब्ध गराएको सो रकम शनिबार एक कार्यक्रमबीच ७ नम्बर प्रदेशसभा सांसद तथा नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आमाको माया छात्रावास सञ्चालक समितिका अध्यक्ष बेदकुमार चौधरीलाई हस्तान्तरण गरेका छन् ।

सांसद रावलले वैदेशिक भूमिमा रहेर पनि चापागाईंले छात्रावासका बच्चाको लालनपालनका लागि आर्थिक सहयोग उपलब्ध गराएर ठूलो काम गरेको बताए । ‘चापागाईंले असहाय, टुहुरा तथा गरीब घरपरिवारका बच्चा बस्ने आमाको माया छात्रावासमा बस्ने बच्चाहरुलाई आर्थिक सहयोग गरेर उदाहरणीय काम गरेको र उनीबाट अरुले पनि सिक्नुपर्छ,’ सांसद रावलले भने ।

सहयोग रकम बुझ्दै छात्रबास सञ्चालक समितिका अध्यक्ष बेदकुमार चौधरीले सात समुन्द्रपारी रहेकी चापागाईंले यसअघि पनि आर्थिक सहयोग उपलब्ध गराएको बताउँदै सहयोगी मनकी चापागाईंको सहयोगले छात्रावासका बच्चाको लालनपालनमा ठूलो राहत पुगेको बताए ।

२६ जना बच्चा रहेको छात्रावासमा असहाय, टुहुरा र घरको अवस्था एकदमै कमजोर रहेका बालक बस्दै आएका छन् । छात्रावास मुठ्ठीदानबाट सञ्चालन हुँदै आएको र छात्रवासमा रहेका बालकलाई विभिन्न स्कूलसँग समन्वय गरेर निःशुल्क पढाउने गरेको छात्रवास सञ्चालक समितिका उपाध्यक्ष शारदा शाहले बताइन् ।

मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलकी अध्यक्ष समेत रहेकी चापागाईंले यसअघि पनि यो छात्रावासका बच्चालाई आर्थिक सहयोग उपलब्ध गराएकी न्युज लोकान्तरमा छ |

साउन २६, २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution