हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

लिम्बु जातिलाई लखेट्ने देवता

लुङथुङ–गाउँ’ ताप्लेजुङ जिल्लाको उत्तरी भेग तम्मोर–खोला क्षेत्रमा पर्छ । यहाँ भोटिया मूलका मानिसहरू बसोबास गर्छन् । यो गाउँको छिमेकी गाउँमा चाहिँ लिम्बु जातिहरू बसोबास गर्छन् । लुङथुङ गाउँमा बसेका यी भोटियालाई अघि भोटे/भोटिया मात्रै भनिन्थ्यो । नेपाली नागरिकतामा चाहिँ उनीहरूलाई ‘शेर्पा–जाति’ भनेर लेखाइएको थियो । आजभोलि चाहिँ यिनीहरू वालुङ–जाति बन्ने प्रकृयामा लागेका भेटिन्छन् ।


लुङथुङ गाउँबीचमा एउटा देवता राखिएको छ । ती देउतालाई ‘ढाक्पे–ढण्डु’ र ‘युल्हा’ (गाउँको मुख्य देवता) पनि भनिन्छ । प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन लुङथुङवासी भोटियाले त्यहाँ पूजा गर्छन् । त्यो पूजालाई उनीहरू ‘ने:सो–पूजा’ भन्छन् । स्थानीय तेन्जिङ लामाको भनाइअनुसार ‘ने:सो’ को अर्थ भोटिया भाषामा ‘गाउँको देवतालाई मनाउनु’ भन्ने बुझ्mिन्छ । जस्तै : ‘ने’ भन्नाले ‘गाउँ/ठाउँ’ र ‘सो’ भन्नाले ‘देवतालाई मनाउनु’ भन्ने अर्थ लाग्छ । यसरी वैशाख पूर्णिमाको दिन उक्त देवता (ढाक्पे–ढण्डु) को पूजा अथवा ‘ने:सो–पूजा’ गरियो भने एक वर्षसम्म गाउँमा प्राकृतिक प्रकोप नहुने, दु:ख–कष्ट, रोग तथा महामारी नआउने जनविश्वास त्यहाँका स्थानीयवासी गर्छन् । जसले गर्दा त्यहाँका भोटियाहरूले यो पूजा तीन दिनसम्म भव्य रूपले गर्छन् । यसबेला उनीहरूले एउटा सुँगुर काटेर सामूहिक भोज पनि खाने गर्छन्, तर सुँगुरचाहिँ पूजाको अघिल्लो दिन नै मार्छन् किनभने त्यो (ने:सो) पूजा गर्दा लामा प्रयोग गर्नुपर्छ, लामाले यसरी देवताको पूजा गर्दा मारकाट स्विकार्दैनन् ।

लुङथुङवासी भोटियाले गाउँको देवता (डाक्पे–ढण्डु) लाई मनाउन यसरी ‘ने:सो–पूजा’ गरेको बेला छिमेकी गाउँका अन्य: भोटिया पनि आउने गर्छन् तर लिम्बुहरूचाहिँ आउँदैनन् । यो पूजामा त्यहाँको गाउँको देवता (ढाक्पे–ढण्डु)को पूजा गरिन्छ । जनश्रुतिअनुसार यो देवताले अघि लिम्बुलाई एउटा श्राप दिएका छन् । त्यसकारण उक्त देवताको पूजा गर्दा लिम्बुहरू त्यहाँ गए भने पूजामा झ्mैझ्mगडा हुने वा त्यहाँ भएका लिम्बु बिरामी पर्ने अथवा मृत्युसमेत हुन सक्ने जन–विश्वास छ । त्यसैले पनि पूजामा लिम्बुहरू सहभागी नभएका हुन् । अब त्यसो भए लुङथुङ गाउँका ती देवताले लिम्बुहरूलाई किन सराप दिए त ? यसबारे त्यस भेगमा एउटा लोककथा प्रचलित छ । स्थानीय तेन्जिङ लामा, छिरिङ थुन्डुक इलावा र के:सिङ् लङवा (लिम्बु) ले सुनाएको कथा यस प्रकार छ :

अघि लुङथुङ–गाउँमा नेयोङ थरी लिम्बुहरू बस्ने गर्थे । लिम्बुबाहेक अरू कुनै पनि समुदाय त्यहाँ थिएनन् । एकपल्टको कुरा हो, माथि भोट (तिब्बत) बाट गेलोङ नाम गरेका एक जना लामा घुम्दै–फिर्दै त्यहाँ (लुङथुङ गाउँमा) आइपुगे र गाउँ नजिकै ओढारमा बास बसे (आजभोलि त्यो ओढार गाउँबीचमा पर्छ) । उनले साथमा एउटा भ्याङलुङ (तिब्बतमा पाइन्ने एक प्रकारको भेडा) पनि लिएर आएका थिए । त्यहाँका स्थानीय नेयोङ लिम्बुहरूले ती लामाको भ्याङलुङलाई मारेर खान खोजे तर हिंसा नगर्ने लामाले आफ्नो भ्याङलुङलाई यसरी मार्न दिएनन् । त्यसपछि उनीहरूले जबर्जस्ती त्यो भ्याङलुङलाई मार्न खोजे । लामाको त्यहाँ केही उपाय चलेन ।

अन्त्यमा उनले ‘भ्याङलुङलाई मार्नुभन्दा पहिले मलाई मार, पशुलाई मारेको म हेर्न सक्दिनँ’ भने । त्यसपछि लिम्बुहरूले लामालाई पनि मार्न खोजे । लामाले केही समय म प्रार्थना गर्छु अनि मात्र मलाई मार्नू भने । त्यसपछि उनले पूर्वतिर फर्केर प्राथना गरे । त्यहाँ उनले ‘मलाई मार्ने र मेरो भ्याङलुङको मासु खाने यहाँका सबै लिम्बुहरू रोग लागेर सखाप होउन्, यो गाउँ मानव बस्तीविहीन बनोस् र मजस्तै भोटेहरू यहाँ आएर बस्ती बसालून् । अनि म उनीहरूको देवता भएर यो गाउँमा उनीहरूको संरक्षण गर्दै बसौँला’ भनेर मन्त्र जपे ।

अन्त्यमा, लिम्बुहरूले लामालाई मारेरै छाडे र उसको छालालाई नजिकैको ढुंगामा सुकाए । भ्याङलुङलाई पनि काटेर खाए । ती लिम्बुमध्ये केहीले चाहिँ त्यो भ्याङलुङको मासु खाएनन् । केहि महिना पछि लुङथुङ गाउँमा ठुलो महामारी फैलियो । रगतमासी लागेर त्यहाँका सबै लिम्बुहरू मर्न थाले । भ्याङलुङको मासु नखानेहरू मात्र बाँचे । ती बाँचेका लिम्बुहरू त्यहाँबाट भागेर अन्य ठाउँmमा बस्न थाले । एक जनाचाहिँ माथि नुप्लुङतिर पनि गएर बसे । नुप्लुङ जाने चाहिँ बिजुवा थियो । त्यही बेला पारि हेल्लोकको लेक्वाहाङ लिम्बु गाउँमा पनि ‘अनुक्पा’ (एक प्रकारको सुँगुरजस्तो) राक्षस निस्केर त्यहाँका लिम्बुहरूलाई दु:ख दिन थाल्यो ।

त्यो राक्षसले घरमा कोक्रोभित्र राखेका साना बच्चालाई खाने गथ्र्यो ।

त्यसपछि हेल्लोके लिम्बुहरूले माथि नुप्लुङबाट त्यो बिजुवालाई ल्याएर आए र राक्षसलाई भगाउने काम गरे । बिजुवाले मन्त्र जपेपछि त्यो राक्षस हरायो । त्यसपछि बिजुवा पनि फर्केर नुप्लुङतिरै गयो । केही दिनपछि फेरि त्यो राक्षस निस्क्यो र पहिलेजस्तै बच्चा खान थाल्यो । हेल्लोकेहरूले पुन: त्यो बिजुवालाई लिएर आए । अबचाहिँ उनीहरूले बिजुवालाई गाउँमै राख्ने बन्दोबस्त मिलाए । यसरी बिजुवा बस्न थालेपछि त्यो राक्षस त्यहाँबाट हरायो । अन्त्यमा बिजुवाले त्यहीँ घरजम गर्‍यो र आफ्ना सन्तान बढायो ।’

आजभोलि पनि हेल्लोक गाउँमा ९/१० परिवार नेयोङ थरी लिम्बुहरू भेटिन्छन् । तिनीहरू त्यहीँ बिजुवाकै सन्तान हुन् भन्ने भनाइ छ । कुनै कारणले ती नेयोङहरू हेल्लोक गाउँबाट विस्थापित भए भने फेरि त्यो राक्षस निस्कन सक्छ भन्ने विश्वास हेल्लोक–गाउँमा अझ्mै पनि छ ।

लुङथुङ गाउँबाट लिम्बुहरू विस्थापित भएपछि त्यो गाउँ बस्तीविहीन भयो । पछि विभिन्न क्षेत्रबाट भोटिया मूलका मानिस त्यहाँ आएर बसोबास गर्न थाले । त्यही बेला

उता सिङसा (सिङसा क्षेत्र आजभोलि संखुवासभा जिल्लामा पर्छ) बाट पनि गोम्बु नामको एउटा भोटे आफ्नी श्रीमती दिक्कीसँग लोक्ता काट्दै त्यहाँ आइपुग्यो र लुङथुङदेखि माथिको एउटा जग्गामा बस्यो । त्यो भोटे धामी पनि थियो ।

एकपल्टको कुरा हो, लुङथुङ–गाउँमा एउटा भोटे साह्रै बिरामी भयो । त्यसको उपकारका लागि गाउँलेहरूले तिनै सिङसादेखि आएको भोटे धामीलाई बोलाएर ल्याए र जोखना हेराए । बिरामीको जोखना हेरेपछि त्यो धामी काम्न थाल्यो । उस्को आत्माभित्र अघि लिम्बुले मारेको भोटे–लामाको आत्मा चढयो र ऊ काम्दै गाउँ नजिकै ओढारमा गएर बस्यो । त्यसपछि ऊ बक्न थाल्यो, ‘हे यहाँका भोटेहरू हो, म भोटे–लामा हो, अघि यहाँका लिम्बुहरूले मेरो भेडा र मलाई यहीं मारेका थिए ।

अहिले म तिमीहरूलाई संरक्षण गर्न यहाँ देवता भएर बसेको छु । तिमीहरूले यहाँ मेरो एउटा थान बनाएर मलाई पूजा गर, म सधैं तिमीहरूको संरक्षण गरेर यहाँ बसिरहनेछु, नत्र कुनै न कुनै दिन तिमीहरू यहाँबाट विस्थापित हुनुपर्नेछ । म पनि तिमीहरूलाई यसरी नै दु:ख दिइरहनेछु ।’ यसरी ऊ त्यहाँ लामो समय बक्दै बस्यो । धामीले बकेको कुरा त्यहाँका सबै भोटेहरूले सुने । त्यसपछि तिनीहरूले त्यहीँ ओढारमा देवताको एउटा थान बनाएर पूजा गर्न थाले । त्यो बिरामी भोटे पनि जाती भयो ।

 

त्यस समयदेखि लुङथुङ गाउँका भोटेहरूले उक्त देवताको पूजा गर्न सुरु गरे । त्यो देवतालाई उनीहरूले ‘ढाक्पे–ढण्डु’ नाम राखिदिए । ‘ढण्डु’ को अर्थ ‘राजा’ भन्ने बुझ्mिन्छ । गाउँ अथवा देशको संंरक्षण गर्ने राजाको रूपमा उनीहरूले त्यस देवतालाई पूजा गर्न थाले । त्यसपछि प्रत्येक वर्ष वैशाख शुक्ल पक्ष चण्डीपूर्णिमाको दिन उनीहरूले भव्य रूपमा त्यो देवताको पूजा गर्न सुरु गरे । उक्त पूजालाई उनीहरूले ‘ने:सो–पूजा’ भन्न थाले । आजभोलि पनि उनीहरूले वैशाख पूर्णिमाको दिन उत्तिकै मात्राले यो पूजा गर्दै आएका भेटिन्छ ।

लुङथुङ गाउँमा भोटे/भोटियाहरूको बस्ती विस्तार हुँदै गयो । उनीहरू त्यहाँ बस्न थालेपछि अघि त्यहाँका लिम्बुहरूले मान्दै आएका केही देवी–देवता पनि उनीहरूले मान्न थाले । जस्तै : यी भोटियाहरूले लिम्बुनी देवता युमा (महारानी) को पुजा गर्न थाले । उँभौली–उँधौली देवताको पुजा गर्न थाले । तम्मोर–खोला, पाथीभरा देवीको पुजा गर्न थाले ।

आजभोलि पनि लुङथुङ गाउँका भोटे/भोटियाहरूले यी देवताको पूजा गर्दै आएका भेटिन्छ । नेयोङ थरी त्यहाँका पुरानो बासिन्दा लिम्बुहरूचाहिँ त्यहाँ मासिए । कोही विस्थापित पनि भए । यी थरका लिम्बु ताप्लेजुङ जिल्लाको हेल्लोक, फुङलीङ, साँघु र फाकुम्बा गाउँमा बसेका भेटिन्छ ।

लुङथुङ गाउँमा भोटे/भोटियाहरूको बस्ती विस्तार हुँदै गयो । उनीहरू त्यहाँ बस्न थालेपछि अघि त्यहाँका लिम्बुहरूले मान्दै आएका केही देवी–देवता पनि उनीहरूले मान्न थाले । जस्तै : यी भोटियाहरूले लिम्बुनी देवता युमा (महारानी) को पुजा गर्न थाले । उँभौली–उँधौली देवताको पुजा गर्न थाले । तम्मोर–खोला, पाथीभरा देवीको पुजा गर्न थाले ।

आजभोलि पनि लुङथुङ गाउँका भोटे/भोटियाहरूले यी देवताको पूजा गर्दै आएका भेटिन्छ । नेयोङ थरी त्यहाँका पुरानो बासिन्दा लिम्बुहरूचाहिँ त्यहाँ मासिए । कोही विस्थापित पनि भए । यी थरका लिम्बु ताप्लेजुङ जिल्लाको हेल्लोक, फुङलीङ, साँघु र फाकुम्बा गाउँमा बसेका भेटिन्छ ।

त्यसैगरी उता संखुवासभा जिल्लाको नुनढाकीस्थित यङसङबु, फावेन र धनकुटा जिल्लाको बुढी–मोरङस्थित फलामेटार र फाक्सिप (गैरीगाउँ) तिर पनि बसेका छन् । यिनीहरूमध्ये केहीले आजभोलि आफ्नो उद्गमस्थल बुढी–मोरङतिरै भएको पनि बताउँछन् ।

यद्यपि उनीहरूमध्ये कतिपय र खासगरी ताप्लेजुङ जिल्लाभित्र बसेका नेयोङहरूले चाहिँ हाल प्रत्येक वर्ष माथि लुङथुङतिर गई नुप्लुङ ठाउँमा गएर पूजा गरेको पनि भेटिन्छ । नुप्लुङमा ढुङ्गाको पर्खाल लगाएको एउटा पुरानो घरजस्तो भेटिन्छ । जसलाई नेयोङहरूले आफ्नो पुख्र्याैली घर अथवा उत्पत्तिस्थल (माङ्गेना–यक) भएको दाबी गर्दै आएका छन् ।

लेखक:दिलबिक्रम आङदेम्बे / कान्तिपुरबाट साभर 

त्यसकारण नेयोङ लिम्बुहरूको खास उद्गमस्थल ताप्लेजुङको लुङथुङतिर हो अथवा धनकुटाको बुढी–मोरङतिर हो ? यो एउटा अध्ययनको विषय बन्न सक्छ । कतिपय स्थानीयवासीले भने हाल नुप्लुङतिर भेटिएको भग्नावशेष ढुङ्गाको पर्खालअघि लेप्चाहरूको दरबार भएको दाबसमेत गर्न थालेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution