नेपाल तामाङ समाज ओमानको दोस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा तेजबहादुर तामाङ

तामाङअनलाइन – नेपाल तामाङ समाज ओमानको १० अगस्ट २०१८ मा मस्काट घाला अजैबा होटलमा “नेपाल हाम्रो देश , अलग अलग भाषा र भेष ,तामाङ पहिचान जोगाउने हाम्रो अभियान बिशेष भन्ने मुल नाराको साथ दोस्रो ऐतिहासिक अधिबेशन सम्पन्न गरेको छ |
अध्यक्ष राम तामाङको अध्यक्षतामा सुरु भएको उक्त अधिबेशनमा प्रमुख अतिथिमा राजदुतावास ओमानका श्रम सहाचार्य कृष्ण कुमारी गौरी,अतिथिहरुमा ओमानमा रहेका संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए |
कार्यक्रममा स्वागत मन्तव्य समाजका सदस्य कृष्ण तामाङ र स्वागत नित्य सदस्य सीता तामाङले राख्नु भएको थियो |समाजको बार्षिक आर्थिक प्रतिबेदन समाजका कोषध्यक्ष पासाङ तामाङले वाचन गरेर सुनाउनु भएको थियो भने संस्थाका प्रतिबेदन अध्यक्ष राम तामाङले प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि राजदुतावास श्रम सहाचार्य कृष्ण कुमारी गौरीले तामाङ समाजले गरेका सकारात्मक कामहरुको प्रसंशा गर्दै आउने दिनहरुमा अझ ससक्त ढंगबाट अगाडि बढ्दै अझ राम्रा काम गर्दै जाउन भनि शुभकामना दिनु भएको थियो | साथै ओमानमा रहेका संघ संस्थाका अध्यक्षहरुले समेत शुभकामना मन्तव्य राखेका थिए |
तामाङ समाजका कलाकार समुहले तामाङ सेलोमा नित्य गर्दै कार्यक्रमलाई अझै थप आकर्षण गरिएको थियो | कलाकार सीता तामाङ, करुणा तामाङ, रुपा तामाङ, सीता तामाङ पाख्रीन, मुना तामाङ , टीका राई र बिबि तामाङले निर्त्य प्रस्तुत गरेका थिए ।
अधिबेशनबाट तेजबहादुर तामाङ (प्रेम) को अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति ,संरक्षक र सल्लाहकार्हरु सर्वसम्मत निर्वाचित गरेको छ |
जसनुससार अध्यक्ष तेजबहादुर तामाङ( प्रेम),वरिष्ठ उपाध्यक्ष बिनोद तामाङ (बोरोज),उपाध्यक्ष पासाङ तामाङ,महासचिव सुबिस्ता तामाङ ,सचिबद्वय मुना तामाङ र कृष्ण तामाङ,कोषध्यक्ष दिपक तामाङ,सह कोषध्यक्ष रिना तामाङ,महिला संयोजक तथा सदस्य सीता तामाङ, सदस्यहरु सीता थोकार तामाङ,जीवन तामाङ, चक्र मान तामाङ ,चमेली तामाङ,योगेन तामाङ,बिपि तामाङ,एक्का तामाङ,पन्च तामाङ,करुणा तामाङ,कान्छी माया तामाङ,रुप तामाङ,मनिका तामाङ,सुकुमाया तामाङ र रुपा तामाङ रहेका छन् |
यसैगरी संरक्षकमा राम तामाङ र वरिष्ठ सल्लाहकार दावा साङ्पो तामाङ,सल्लाहकारहरुउमेश तामाङ,फुर्ब तामाङ,कार्सङ तामाङ र ओमकार तामाङ चयन भएका छन् |
नव निर्वाचित अध्यक्षले उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गर्नु भएको थियो । कार्यक्रम समाजका उपाध्यक्ष बिनोद तामाङ( बिरोज) ले कुशलतापुर्वक संचालन गरेका थिए |