हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

प्रदेश नं १ – विश्व आदिवासी दिवसमा सरकारी कार्यालय खुल्लै, गृहको पत्र नआएको दावी

विश्व आदिवासी दिवसको अवसरमा प्रदेश एक सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि पूर्वका विषयगत कार्यालयहरु खु्ल्ला रहेका छन् ।

झापासहित प्रदेश एकका संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला रहेका छन् । प्रदेश एक सरकारले हिजो सूचना जारी गर्दै विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर संघीय सरकारबाट आधिकारिक रुपमा केही जानकारी नआएको भन्दै प्रमुख जिल्ला अधिकारीले भने प्रदेश सरकारको निर्णय अटेर गर्दै सरकारी कार्यालयमा बिदा नदिएका हुन् । जिल्लाका स्थानीय निकाय तथा विद्यालयमा भने बिदा दिइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गृह मन्त्रालयबाट बिदासम्बन्धी आधिकारिक पत्र नआएकोले संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला राखिएको बताउनुभयो । विशेषगरी प्रशासन, अदालत, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, शिक्षा, भूमिसुधार लगायतका कार्यालयहरु खुल्ला रहेका छन् ।

यता जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार विश्व आदिवासी दिवसको अवसरमा प्रदेश एकका सम्पूर्ण स्थानीय तह बन्द छन् ।

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख योगेन्द्रप्रसाद बरालका अनुसार संघीय सरकारले बिदा नदिएकोले शिक्षा विकास तथा समन्वय इकाई खुल्ला रहेको छ, भने विद्यालय स्थानीय सरकारको मातहत रहेकोले स्थानीय तहले नै बिदा दिएको बताउनुभएको छ ।

यसैबीच आदिवासीको पहिचानका लागि संगठित विभिन्न संघसंस्थाहरुले भने यसको विरोध गरेको समाचार उज्ज्यलोमा छ |

२४ साउन २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution