बहुप्रतिभाशाली बहुअपाङ्गता भएका कलाकार अमिर बम्जन तामाङ (भिडियो सहित)

याम्बु – प्रकृतीले सबै मानिसलाई समान रुपमा जन्म दिदैंन । शारीरिक रुपमा सबै मानिस सबल र सक्षम भएर जन्मन सक्दैनन् । तर उनीहरुको अदभूत क्षमताले भने सबैलाई आश्चर्यचकित बनाइदिन्छ । मकवानपुर, खानीगाउँमा जन्मिएका अपाङ्ग अमिर बम्जन यस्तै अतभूत क्षमता भएका युवा हुन् ।
अमिर हिड्न सक्दैनन् । हातले राम्रो काम गर्दैन् । व्हिलचियरमा गुड्न पनि समस्या पर्छ । उनलाई दुई पांग्रे ठेलागाडामा हिडडुल गराउनु पर्ने बाध्यता छ । तर अमिर गीत गाउन मात्र होइन चित्र कोर्न पनि सिपालु छन् । साहित्य सिर्जना उनको सौख हो ।
अमिर बम्जन तामाङलाई भूकम्पपछि उद्धार गरेर काठमाडौं ल्याई उनको चित्रकला र गायन प्रतिभाको विकासमा करुणा फाउन्डेसन, नेपाल सहयोग गरेको थियो |
घाँटीभन्दा तलका कुनै पनि अंगले काम नगर्ने अमिरले मुखैले चित्र र गीत कविता लेख्छन् ।उनको प्रतिभा विकासका लागि वरिष्ट कलाकार किरण मानन्धर र संगीतकार न्हु बज्राचार्यले प्रशिक्षण दिएको थिए ।
उनी मुखैले कलम, कम्प्युटर, मोबाइल चलाउछन् । उनले गाएको गीत पनि बजारमा आइसकेको छ ।
बहुप्रतिभाशाली बहुअपाङ्गता भएका कलाकार अमिर बम्जन तामाङ ‘फरवेन्ट ग्लोबल लभ अफ लाइफ‘ पुरस्कारबाट सम्मानित भएका छन् ।