अहिंसावादि बौद्धधर्मलम्विको टोली थाईल्याणड प्रस्थान

राजेश रुम्बा तामाङ । २०७५ साउन २३- नेपाल अहिंसावादी बाैदधर्म विश्वशान्ति चक्र संघकाे अायाेजनामा केन्द्रीय अध्यक्ष घर्म गुरु खेन्पाे पेमा सम्वा लामाज्युकाे नेत्रित्वमा ६ दिवसिय थाईल्याण्ड धार्मीक अबलाेकन तथा भ्रमण कार्यक्रमकाे लागि ३१ जनाकाे टाेलि अाज थाइल्यान्ड प्रस्थान गरिएको छ ।
टाेलिमा १३ महिला र १८ पुरुष जसमध्ये ४ जना अानिज्याेमाे,११ जना लामा गुरु र बाकि १६ जना अन्य विभिन्न सामाजिक अभियान्ता,पत्रकार र जिन्धाहरु रहेका छन् ।
टाेलिलाई नेपाल अहिंसाबादि युवा संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रम गरि विदाई गरिएको थियाे भने साे विदाई कार्यक्रमलाई सम्बाेधन गर्दै संघका अध्यक्ष तथा टाेलि प्रमुख खेन्पाे पेमा सम्वा लामा ज्युले थाईल्याण्ड जानुकाे उद्देश्य तथा त्यहा रहेका विभिन्न गुम्बा विहारहरुमा नेपालमा रहेकाे बाैदधर्मकाे महायानि परम्परा अनुसारकाे पुजापाठ तथा धर्मदेशना गर्नु ,रहेको बताउनु भयाे । छ दिने भ्रमणमा त्यहा रहेका विभिन्न गुम्बामा महायानि परम्परा अनुसारकाे पुजापाठ,ऐतिहासिक बाैद धार्मिक सस्कृतिकाे अवलाेकन र बिशुद्द रुपमा धार्मिक भ्रमण रहेकाे कुरा जनप्रतिनिधि शमशेर लामाले बताउनु भयाे ।साथै थाईल्याण्ड पनि एक बाैदधर्म राष्ट्र भएकोले नेपाल र थाईल्याण्डबिच धार्मिक सहिष्णुता अझ बढाउनुकाे साथै दुबै देशका बाैदधर्मलम्बि बिच निकटतम सम्बन्ध कायम गर्ने रहेकाे पनि बताउनु भयाे ।
टाेलिमा केन्द्रीय अध्यक्ष तथा टाेलि प्रमुख धर्म गुरु खेन्पाे पेमासम्बा लामा उपाध्यक्ष एवम् प्रदेश ३ का प्रमुख धर्मगुरु लामा साेईनाम दाेर्जे,युवासंघका केन्द्रीय अध्यक्ष लामा गुरु डि.वि लामा,पत्रकार राजेश रुम्बा,उपकेन्द्र काठमाडौंका प्रमुख सोम बहादुर तमाङ र जनप्रतिनिधिकाे तर्फबाट शमशेर लामा समेतकाे ३१ जनाकाे टाेलि भ्रमणमा सहभागी रहेका छन् ।