गोपाल तामाङ र अजय तामाङका परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

काठमाडौं – काँडाघारीका बालक निशान खड्काको अपहरण र हत्या प्रकरणमा प्रहरी इन्काउन्टरमा मारिएका दुई जनाका परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।
भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका गोपाल तामाङ र अजय तामाङका परिवारले गैरन्यायीक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन्। उनीहरुले घटनाको छानविन गर्न माग गरेका छन्।
११ वर्षिय बालक निशानको अपहरण पछि उनीहरुले उनकि आमालाई फोन गरेर मोटो रकम मागेका थिए। त्यसपछि बालकको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेको थियो। प्ररीले भक्तपुरको डोलेश्वरमा गोली चलाउँदा दुई अपहरणकारीको मृत्यु भएको थियो ।