हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

फेक इन्काउन्टर अपराध हो : पूर्व डिआइजी मल्ल

आइतबार काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परे। त्यसको केही समयमा अपहरणकारीले बालकका परिवारसँग ४० लाख रुपैयाँ फिरौतीको माग्दै सम्पर्क गरे। खड्का परिवार ४० लाख फिरौती बुझाउने हैसियतको थिएन। परिवारले प्रहरीलाई खवर गर्‍यो। अपहरणकारी र बालकको खोजीमा प्रहरी जुट्यो। सोमवार मध्यान्हमा बालकको शव गाडिएको अवस्थामा फेला पर्‍यो। त्यसको केही समयमा नै दुई अपहरणकारी प्रहरीको इन्काउन्टरमा मृत्यु भएको प्रहरीले दावी गर्यो।

तर, अहिले प्रहरीको इन्काउन्टर माथि नै प्रश्न उठेको छ। कतै त्यो फेक इन्काउन्टर त होइन? लामो समय प्रहरी संगठनमा रहेर अपराध अनुसन्धान अनुभव हासिल गरेका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीसँग पहिलोपोस्टका संवादाता सविन ढकालले गरेको कुराकानीको अंश:

राजधानीमा ११ वर्षीय बालको अपहरण र हत्या। अनि अपहरणकारी भनिएकाहरुको प्रहरी इन्काउन्टरमा मृत्यु। यी सबै घटनालाई कसरी हेर्नुभएको छ?

अपहरण, फिरौती रकमको कुरा र अपहरणकारीसँगको चिनजानको कुरा आएको छ। चालिस लाख रुपैयाँ फिरौती रकमको बार्गेनिङको कुरा भएको देखिन्छ। त्यो अलिकति अस्वभाविक जस्तो देखिन्छ। घटना नै अनौठो छ। अपहरणको बीचमा केही अरु कुराहरु पनि लुकेको जस्तो देखिरहेको छु। अपहरणमा केही कभर गर्न खोजिएको छ। शंका केही छ। आशा गरौं घटनाको सत्यतथ्य भोलिका दिनमा बाहिर आउला। दोस्रो कुरा, इन्काउन्टर पनि छ। इन्काउन्टर गर्ने कुरा होइन। इन्काउन्टरको शाब्दिक अर्थ जम्काभेट हो। त्यो नै इन्काउन्टर हो। यसलाई अर्को भाषामा प्रतिकार भन्न सकिन्छ। यस घटनामा केही शंका छ।

यहाँ इन्काउन्टर विवादमा किन पर्छ?

नेपालमा हुने इन्काउन्टर सधै विवादमा परेको छ। हरेक घटनामा प्रहरी विवादमा तानिएका पनि छन्। घटना हुन्छ, इन्काउन्टर पनि हुन्छ। तर, यी कुरा विस्तारै सेलाउँदै गएको छ। गुन्डा नाइके चरी, घैटेदेखि मनोज पुनसम्मका इन्काउन्टर नै किन नहुन्, पहिलेदेखि नै यी घटनामाथि प्रश्न उठ्दै आएको छ।

विवादमा पर्नुमा प्रहरी नै कारण होइन र?

विवाद आउने भनेको विभाग भित्रकै विषय हो। कुनै अफिसरले कही राम्रो काम गर्‌यो। चर्चामा आउन थाल्यो। उसको काम देखिने भएपछि आफ्नै साथी भाइहरुबाट यस्ता कुरा आउने गरेका छन्।

प्रहरीभित्र आफूलाई चर्चामा ल्याउन इन्काउन्टर गरिएको जस्तो पनि देखिन्छ त?

इन्काउन्टर शब्द नै चाहेर हुने होइन। यो जम्काभेट हो। मैले कुनै शाखामा गएपछि इन्काउन्टर गर्नुपर्छ भन्ने हुँदैन। कसैले त्यो सोच राख्छ भने गलत हो। अचानक हुने कुरा भएकाले कुनै प्रहरी अफिसरको पालामा हुन्छ, कुनैकोमा हुँदैन।

नेपालमा त प्रहरी अफिसर सुरुमा नै इन्काउन्टर गर्छु भन्दै हिँड्छन् त?

हो, हुन्छन्। यसभन्दा अगाडि दुई चार ठाउँमा सरुवा भएका अफिसरले पदबहाली हुँदाखेरि ‘म चाहिँ इन्काउन्टर गर्छु’ भनेका छन्। इन्काउन्टर गर्ने भन्ने नै होइन। इन्काउन्टर अचानक हुने कुरा हो। इन्काउन्टर गर्नै पाइँदैन। इन्काउन्टर गर्छु भन्नु अपराध हो। पुलिसको भ्यालु र अपराधको बारेमा बुझेको प्रहरीले इन्काउन्टर गर्दैन। यदि त्यस्तो हो भने त्यो फेक इन्काउन्टर हो। कोहीकोही अफिसरले भन्छन्, तर जसले भन्छन् उसले गर्दैन।

त्यसरी गर्‍यो भने त्यसलाई हामीले फेक इन्काउन्टर भन्दा हुन्छ?

त्यो तपाईँहरुले अनुमान गर्ने कुरा हो। तर, फेक इन्काउन्टर हो भने प्रहरी अफिसरको लागि जोखिम छ। इन्काउन्टर गर्छु भन्ने सोच नै अपराध हो।

इन्काउन्टर त प्रहरी र अपराधीको भेट हो भने त्यसमा अपराधीको मृत्यु नै हुने गरी गोली चल्छ? अपराधीलाई नियन्त्रणमा लिनसक्ने अवस्था नहुने हो?

मृत्यु हुन्छ भने त्यो हामीले अनुमान गर्ने कुरा होइन। ग्राउन्ड रियालिटी के छ त्यसमा भरपर्छ। परिस्थितिबारे हामी अनुमान गर्न सक्दैनौं। पुलिसको उद्देश्य घाइते बनाएर नै समात्ने हुनुपर्छ। तर, कहिलेकाहिँ परिस्थितिजन्य रुपमा अपराधी गोली लागि मर्न पनि सक्छ। प्रहरीले आफ्नो आत्मरक्षाका लागि मात्र गोली चलाउने हो। सुरुमा खुट्टामुनि गोली चलाउनुपर्छ।

इन्काउन्टरमा अपराधीकै मृत्यु भएपछि बाँकी अनुसन्धान गर्न प्रहरीलाई कठिन हुँदैन र?

अपराधीको इन्काउन्टरमा मृत्यु भए अनुसन्धानमा एउटा पाटो बन्द हुन्छ। अनुसन्धानमा मानिस समातिँदा चाँडो अपराधको पाटो खुल्ने हुन्छ। बाँकी केही पाटा खुल्न समय लाग्छ।

यति हुँदाहुँदै पनि इन्काउन्टर किन बढेको हो त?

हो, इन्काउन्टर बढेको छ। यसमा कति फेक इन्काउन्टर हुन् सजिलै भन्न सकिँदैन। हुन त समाज पनि परिवर्तनशील छ। पहिले मुक्का, चक्कु अनि खुकुरीका आडमा अपराध हुन्थे। अहिले ठूला अपराधी सजिलै बन्दुक पेस्तोलको पहुँचमा सजिलै छन्, जसले गर्दा केही इन्काउन्टर हुन पनि सक्छ।

प्रहरीले फेक इन्काउन्टर चाहिँ किन गर्छ?

यदि प्रहरीले फेक इन्काउन्टर गर्छ भने सजिलो बाटोको लागि हो। उसले आफ्नो अनुसन्धान टुङ्ग्याउन हो। फेक इन्काउन्टरपछि धेरै प्रमाण लोप हुन्छ। प्रहरीलाई थप अनुसन्धानको आवश्यक रहँदैन। तर, प्रहरीको फेक इन्काउन्टरले संगठन मात्र होइन अन्तराष्ट्रिय जगतमा नै प्रश्न उठ्छ। जनताको विश्वास प्रहरीबाट डगमगाउँछ। फेक इन्काउन्टरलाई प्रहरीले प्राेत्साहित गर्नु हुँदैन। फेक इन्काउन्टर अपराध नै हो।

पहिलो पोस्टबाट 

२२ साउन २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution