हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

ढाकामा हतियारधानी समूहद्वारा अमेरिकी राजदूतमाथि आक्रमण

बंगलादेशको राजधानी ढाकामा अमेरिकी राजदूत मार्सिया बर्निकेटमाथि हतियारधारी समूहले आक्रमण गरेको छ । अमेरिकी राजदूत मार्सिया कारमा सवार रहेका बेला हतियारधारी समूहले आक्रमण गरेको हो ।

अमेरिकी अधिकारीले आक्रमणबाट राजदूत र उनको सुरक्षामा तैनाथ सुरक्षाकर्मी कसैलाई पनि चोट–पटक नलागेको तर दुई वटा कारमा क्षति पुगेको बताएका छन् । बंगलादेशमा केही दिनदेखि हजारौं छात्र–छात्राहरु सुरक्षित सडक सुविधाको माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।

बंगलादेशको सरकारले प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गर्दै आएको छ । यसका साथै सडकमा हतियारधारी मानिसहरु द्वारा गरिएको आक्रमणमा परेर अहिलेसम्म ६० प्रदर्शनकारी घाईते भएका छन् ।  स्थानीय सञ्चार माध्यमहरुले सत्तारूढ पार्टीसँग आवद्ध राजनीतिज्ञ तथा समाजसेवीहरु प्रदर्शनमा उत्रिएका छात्र–छात्राहरुमाथि कुटपिट गरिरहेका जनाएका छन् । अमेरिकी राजदूत बर्निकेटले उक्त हिंसाको निन्दा गरेकी छिन् ।

अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, “शान्तिपूर्ण ढंगले आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्ने हजारौं युवाहरुमाथि बर्बरतापूर्वक गरिएको आक्रमणलाई कुनै पनि अवस्थामा सही ठहर गर्न सकिदैन ।’’

बीबीसी । 

8 Auguest 2018






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution