काभ्रे सेवा समाज साइप्रसको गठन,अध्यक्षमा कल्पना वाइबा तामाङ चयन

बैदेशिक रोजगारको क्रममा साइप्रसमा रहेको काभ्रेलीहरुले ५ अगस्ट २०१८ (आइतबार) भएको भेलाले “काभ्रे सेवा समाज साइप्रस” को गठन गरेका छन् | भेलाले सर्वसम्मत कल्पना वाइबा तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ |
जसअनुसार अन्य पदाधिकारीहरुमा क्रमश अध्यक्ष:कल्पना वाइबा तामाङ,उपाध्यक्ष:साहारा लोप्चन तामाङ ,उपाध्यक्ष: करिन स्याङबा,महासचिव:सुनिला दोङ तामाङ,सचिव:खुशी तामाङ,कोषाध्यक्ष: बिशोरी दोङ तामाङ,सदस्य शरिन ग्लान र हर्कमान तामाङ रहेका छन् |
यसैगरी भेलाले पुर्णि तामाङलाई सल्लाहकारमा चयन गरेको छ |