नेपाल चेपाङ संघ राप्ती १० नम्बर वडा कमिटी गठन

राजेश रुम्बा तामाङ,चितवन-राप्ती नगरपालिका १० चितवनमा नेपाल चेपाङ संघको ९ सदस्यीय कमिटी गठन भएको छ।
कमिटीको अध्यक्षमा महेन्द्र चेपाङ, उपाध्यक्ष राजकुमार चेपाङ, सचिब सुदिप चेपाङ कोषअध्यक्ष लिलामाया चेपाङ, सह- सचीव किरन चेपाङ, सद्स्यहरुमा सुनिता चेपाङ, बिष्णु माया चेपाङ, दिल बहादुर चेपाङ र आइत राम चेपाङ रहेका छन। राप्ती नपा वडा नं १० का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अमर बहादुर तामाङ द्वारा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो।
सोहि कार्यक्रममा उहाले नेपालका हरेक जनजातिहरु पछि पर्नुको कारण हामी जनजाति आफै जिम्मेवार रहेको र अबदेखि हामी आफैबाट जागृत भएर शिक्षा स्वास्थ,राजनिती,कृषि तथा अन्य छेत्रमा पनि लगाव राखेर प्रतिपर्धात्मक ढंगले अघि बढ्न सकेमा मात्र जनजातिको उत्थान हुने उहाँको तर्क रहेको थियो। नयाँ बन्ने चेपाङ वडा कमिटीलाई आफू जिम्मेवारी, लगनशील , मेहनती र जनताको हक र अधिकारलाई सुनिस्चित गर्न अनुरोध गर्नुको साथै बधाई तथा शुभकामना दिनुभएको थियो।
यस्तै गरि नेपाल चेपाङ संघका केन्द्रिय समितिको पुर्ब अध्यक्ष पहलमान चेपाङले चेपाङहरुको गरिबी, अशिक्षा न्यूनीकरणको लागि चेपाङ समुदाय नै जिम्मेवारी भएर अघि बढे मात्र चेपाङको उत्थान हुने उहाको भनाइ रहेको थियो।
आदिवासी जनजाति महासङ्ग राप्ती नगरका उपाध्यक्ष इन्द्र्जीत चेपाङले आफ्नो भेषभुषा, भाषा, संस्कृतिहरुको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाल चेपाङ संघ राप्ती नगरका उपाध्यक्ष प्रेम बहादुर चेपाङ, कोष अध्यक्ष शर्मिला चेपाङ, बलराम चेपाङ, रिता चेपाङ, सान्ता चेपाङ, केशब चेपाङ, इन्द्र बहादुर रुम्बा तामाङ, केन्द्र्य सदस्य वन माया चेपाङ, सुॠ बहादुर चेपाङ, रास्टृय लोक गायक रबिन चेपाङ लगायत धेरै बिशिस्ट ब्यकित्वहरुको सहभागी हुनुका साथै स्थानीय चेपाङहरुको बाक्लो उपस्थिति रहेको थियो। दिनेश चेपाङले सन्चालन गरेको कार्यक्रममा नेपाल चेपाङ संघ राप्ति नगरकार्यकारिनी समिती चितवनका अध्यक्ष सफल चेपाङ्को सभापतित्वमा सम्पन्न सो कार्यक्रमको स्वागत मन्तव्य प्रेम बहादुर चेपाङले गर्नुभएको थियो।