हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

गुरुङ समुदायको संस्कृति जोगाउन घरेलु रक्सी उत्पादन गर्न पाउनुपर्ने माग

लमजुङ – लमजुङका गुरुङ समुदायले घरेलु रक्सी उत्पादन गर्न पाउनुपर्ने माग राखेका छन् । बेसीशहरका गुरुङ समुदायले सोमबार जिल्ला प्रशासन कार्यालय र प्रहरीमा घरेलु रक्सी उत्पादन गर्न पाउनुपर्ने माग राखेका छन् ।

केही दिनअघि बजारमा प्रहरीले छापा मारेर घरेलु रक्सी र रक्सी बनाउने प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेपछि गुरुङ समुदायले यसबारे चासो व्यक्त गरेको हो । गुरुङ जातिले परापूर्वकालदेखि संस्कार संस्कृतिमा साथै जन्मदेखि मृत्यु संस्कारसम्म घरेलु रक्सी चलाउने प्रचलन रहेकोले यसलाई नियन्त्रण गर्ने नाउँमा जबर्जस्ती नगर्न बेसीशहरका गुरुङ समुदायले प्रशासन र प्रहरीसमक्ष आग्रह गरेका हुन् ।

गुरुङ समुदायले पितृकार्य साथै विवाह, पुटपुटे, अर्घुं, छेवरलगायत कार्यमा घरेलु रक्सीको प्रयोग गर्ने भएकाले जबर्जस्ती घरघरै पसेर रक्सी नियन्त्रणमा लिई नष्ट गरिनाले संस्कार संस्कृतिमाथिकै हस्तक्षेप भएको उनीहरुको ठहर छ ।

तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाईको संयोजकत्वमा आइतबार बेसीशहरका ५ वटै गुरुङ टोल÷समाजको बैठक बसेर संस्कारसंस्कृति तथा घरायसी प्रयोजनका लागि घरेलु रक्सी उत्पादनमा बन्देज नलगाउन प्रशासन र प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रशासनबाट टोलटोलमा अनुगमन गर्ने समयमा तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाईलाई पनि सूचना गरिदिन आग्रह गरेको छ ।

सोमबार प्रशासनमा मागपत्र बुझाउ“दै इकाईका कार्यवहाक अध्यक्ष हुमबहादुर गुरुङले कानुनले बन्देज लगाएको कुरा प्रशासनले गर्न पाउने तर संस्कारसंस्कृतिमा समस्या पुग्ने गरी काम नगरिदिन आग्रह गर्नुभयो ।

कोषाध्यक्ष मानप्रसाद गुरुङले घरेलु मदिरा बिना संस्कारसंस्कृति रोकिने भएकाले मदिरा उत्पादन नै बन्द नगरिदिन आग्रह गर्नुभएको छ ।

तमु ह्यूला छोंज धींका जिल्ला अध्यक्ष ठाकुर प्रसाद गुरुङले संस्कारसंस्कृति माथिको नियन्त्रणले समुदायमा शान्तिसुरक्षा कायम नहुने भएकाले यसको व्यवहारिक पक्षलाई बुझिदिन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अवैध मदिराका कारण समाजमा झैझगडा हुने, चोरीडकैती, अपराधिक क्रियाकलाप बढेको भन्दै अवैध रुपमा व्यावसायिक हिसावले तयार पारिएको रक्सी नियन्त्रण अभियान संचालन गरिएको बताउनुभयो । प्रशासनले संस्कारसंस्कृतिमाथि नियन्त्रण नभई यसको संरक्षण र संवद्र्धनमा जोड दिने उहाँले बताउनुभयो ।

सामाजिक, साँस्कृतिक चलन र परम्परामा प्रशासनको हस्तक्षेप नहुने भन्दै उहा“ले पसलपसलमा हुने अवैध खालका रक्सी नियन्त्रणका लागि सहयोगी बनिदिन गुरुङ समुदायसंग आग्रह समेत गर्नुभएको छ । उज्जयालोबाट

२१ साउन  २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution