हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

प्रधानन्यायाधीशमा मतदानबाट दीपकराज जोशी अस्वीकृत

काठमाडौं– इतिहासमै पहिलो पटक संसदीय सुनुवाइबाट प्रधानन्यायाधीश अनुमोदन हुनबाट वञ्चित भएका छन्। प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले जोशीको नाम अस्वीकार गरेको हो।

आजै पहिलो चरणमा बसेको बैठक मतदानका लागि भन्दै १५ मिनेट स्थगित गरिएको थियो। मतदानबाट जोशी अस्वीकृत हुने निश्चित भएपछि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले बैठक बहिस्कार गरेका थिए।

समितिका १५ सदस्यमध्ये कांग्रेसका ४ सदस्य निस्किएपछि बाँकी रहेका १० सदस्यले मतदात गरेका थिए। नेकपामा ९ र संघीय समाजवादी फोरमका १ गरी दुई तिहाई १० सांसदले जोशीलाई अस्वीकृत गर्न मतदान गरेका थिए। राजपाका सांसद लक्ष्मणलाल कर्ण भने सभापति छन्, सभापतिले निर्णायक अवस्थामा मात्र भोट हाल्न पाउने व्यवस्था छ।

‘अस्वीकृत गर्ने पक्षमा १० र विपक्षमा ० मत परेको छ’, लक्ष्मणलाल कर्णले भने, ‘हाम्रो नियमावलीमा दुई तिहाइले अस्वीकार गर्न सक्ने व्यवस्था छ। १० मत दुई तिहाइ हो। त्यसैले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनसक्नुभएन।’

प्रधानन्यायाधीशका लागि सिफारिश भएका जोशीको अघिल्लो बिहीबार संसदीय सुनुवाइ भएको थियो। सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीले एक हप्तासम्म पर्खनुपर्‍यो। तर, पनि निर्णय उनको पक्षमा आएन।

अघिल्लो बिहीबार सकिएको सुनुवाइपछि भोलिपल्ट शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो। फेरि, सोमबारका लागि बैठक तोकिएको थियो। बैठक बुधबार पनि बस्यो। तर, निष्कर्ष निस्किएन। अन्ततः आजको बैठकले एक हप्तायताको अन्योललाई निष्कर्ष प्रदान गरेको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution