नेपाल चेपाङ संघ राप्ती ३ नम्बर वडा कमिटी गठन

राजेश रुम्बा तामाङ,चितवन भन्डारा।राप्ती नगरपालिका ३ चितवन धमेलिमा मा नेपाल चेपाङ संघको १३ सदस्यीय कमिटी गठन भएको छ।
कमिटीको अध्यक्षमा सन्त बहादुर चेपाङ, उपाध्यक्ष सुमित्रा चेपाङ, सचिब सन्जु चेपाङ कोषअध्यक्ष फुलमाया चेपाङ सद्स्यहरुमा लाल बहादुर चेपाङ,ईमानसिंह चेपाङ, बौदल चेपाङ,श्रीमाया चेपाङ, बैगुनी माया चेपाङ, सुनिता चेपाङ,सोम्बर सिंह चेपाङ, रेखु माया चेपाङ, र शिव कुमार चेपाङ रहेका छन ।
कार्यक्रम प्रमुख अतिथि पुष्प राज ओलि द्वारा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो। सोहि कार्यक्रममा उहाले चेपाङ जातीको उत्थानको लागि कुनै संघ संस्थामा मात्रै भर नपरी चेपाङ्हरु आफै एकता भएर आफ्नो जात र समुदाय प्रती निरन्तर काम गर्दै अघि बढन सुझाव दिनुभएको थियो।
यस्तै गरि राप्ती ३ का वडा अध्यक्ष तथा कार्यक्रमका बिशिस्ट अतिथि राजकुमार उप्रेतीले चेपाङ समुदायको हकहितको लागि एकीकृत बस्ती निर्माण गरि बिकास कार्यक्रमलाई अघि बढाउने भन्दै चेपाङ समुदायको लागि जुनसुकै समयमा पनि आफू र वडा बाट पुर्ण सहयोग गरिरहने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै गरि राप्ती ४ का वडा अध्यक्ष तथा बिशिस्ट अतिथि शम्शेर लामाले आफू पहिले देखि नै चेपाङ समुदाय को पक्षमा काम गर्दै आएको र निरन्तर सहयोग जारी रहने भन्दै आश्वासन दिनुभएको थियो। भने नयाँ कमिटीलाई बधाई ज्ञापन पनि दिनुभएको थियो।
कार्यक्रममा आदिवासी जनजाति महासङ्ग राप्ती नगरका उपाध्यक्ष इन्द्र्जीत चेपाङ, नेपाल चेपाङ सघ राप्ती नगरका अध्यक्ष सफल चेपाङ, उपाध्यक्ष प्रेम बहादुर चेपाङ, कोष अध्यक्ष शर्मिला चेपाङ लगायत धेरै बिशिस्ट ब्यकित्वहरुको सहभागी हुनुका साथै स्थानीय चेपाङहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल चेपाङ संघ राप्ति नगरकार्यकारिनी समिती चितवनका अध्यक्ष सफल चेपाङ्द्वारा नव गठित कमिटीलाई सपथ ग्रहण गराउदै उहाँको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।