हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

विवादमा किन तानिन्छन् प्रधानन्यायाधीश ?

काठमाडौं -सर्वोच्च अदालतमा २०४६ सालपछि अहिलेसम्म २० जना न्यायाधीश प्रधानन्यायाधीश बने । जो जसरी सिङ्गो न्यायालयको उच्च ओहदामा पुगे पनि कतिपय कोही शैक्षिक प्रमाणपत्र त कोही जन्ममिति विवादमा मुछिए । कसैलाई भने महाअभियोगको प्रस्ताव सामना गर्नुपर्ने चुनौती नै आइलाग्यो ।

२०७० साल चैत्र १७ गते नियुक्त हुनुभएका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा न्यायाधीश नियूक्ती सिफारीसमा बिबादमा तानीनुभएको थियो । न्यायपरिषदले सिफारिस गरेका न्यायाधीशमा कानुन व्यवसायीलाई नसमेटिएको र विवादमा आएका व्यक्तिलाई ल्याइएको भन्दै तत्कालीन नेपाल बार एशोसियसनले बिरोध गरेको थियो । प्रधानन्यायाधीश शर्माले २०७१ असोज २३ गते राजिनामा दिनुभएको थियो ।

२०७३ असार २३ गते नियुक्त हुनुभएकी प्रधानन्यायाधीश शुसीला कार्कीविरुद्ध तत्कालीन सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गराए । कांग्रेस र माओवादी केन्द्रका २४९ जना सांसद्ले कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी रिटमा फैसला गर्दा मन्त्रीपरिषदको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप हुनेगरि फैसला गरेको आरोप लगाइएको थियो ।

यस्तै महाअभियोग प्रस्तावमा न्यायालयको स्वतन्त्रता र स्वच्छतामा प्रश्न उठ्ने गरि बारम्बार आफु समेत संलग्न भइ सर्वोच्चमा १९ जना न्यायाधिश हुँदाहुँदै सिमीत न्यायाधिशलाई पटक–पटक राखी ईजलाश गठन गरेको र न्यायाधिशहरुलाई आफुले भनेजस्तो आदेश फैसला गर्न निर्देशन दिएको जस्ता आरोप लगाइएको थियो । उहाँले २०७४ जेठ २४ गते राजीनामा दिनुभएको थियो । प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएको यो पहिलो घटना थियो ।

२०७४ असार २ गते नियुक्त हुनुभएका प्रधानन्यायाधीश गोपाल पराजुली जन्मीति बिबादमा तानिनुभयो । त्यसैले न्याय परिषद्ले २०७४ चैत्र ३१ गते उहाँको पद बर्खास्त ग¥यो । न्याय परिषद् सचिवालयले काटेको पत्रमा उमेर हदको कारण देखाई उहाँलाई पदमा नरहेको बताइएको थियो । सोही प्रावधानमा टेकेर पराजुलीको २०७४ साउन २१ नै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराइएको थियो ।

पछिल्लो समयमा प्रधानन्यायाधीश बन्ने समयमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी पनि शैक्षिक प्रमाणपत्र बिबादमा तानिनुभएको छ । संसदीय सुनुवाइ समितीले सोधेका प्रश्नको जबाफ चित्त नबुझेको र प्रमाणपत्र बैध नभएको कारण देखाई उहाँलाई अहिलेसम्म सो पदमा अनुमोदन गरिएको छैन । यद्यपि संसदीय सुनुवाइ समिती सदस्य नीरुदेवी पालका अनुसार जोशी प्रधानन्यायाधीशमा अनुमोदन हुने नहुने अन्तीम टुगों आज बुधबार लाग्नेछ ।

प्रधानन्यायाधीश पटक पटक बिबादमा तानिनु नराम्रो संकेत भएको बरिष्ठ अधिबक्ताहरु बको जिकीर छ । पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ विगतका दिनमा न्यायाधीश नियुक्ती गर्दानै कमजोरी भएको बताउनुहुन्छ ।

नेपाल बार एशोसियनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काको तर्क भने फरक छ । उहाँ सुनुवाई समितिले पनि नै न्यायाधीश हुँदा नै जोशीको बारेमा सुनुवाई गरेकाले अहिले विवाद झिक्नुमा षड्यन्त्र रहेको दावी गर्नुहुन्छ ।  अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएछ ।

साउन १६, २०७५ लोकान्तरमा प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution