हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

डा केसीको विषयमा विवाद बढेपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए राजीनामा

काठमाडौं– डा गोविन्द केसीले अगाडि सारेका एजेन्डाका पक्षमा सक्रिय भएका कारण पार्टीमा विवाद बढेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

डा केसीको अनसन लम्बिँदै जाँदा श्रेष्ठले सचिवालय बैठक माग गरेका थिए। बैठक बस्यो पनि। तर सहज नभएको एक नेताले बताए।

बैठकमा अध्यक्षद्वयले डा केसीको अनसन सरकारलाई असफल बनाउने योजना अन्तर्गत भएको बताएका थिए। तर श्रेष्ठले प्रतिवाद गरेका थिए।

अध्यक्षद्वयले माथेमा प्रतिवेदन नै जनविरोधी र प्रतिक्रियावादी भएको बताउन थालेपछि विवाद बढेको बैठकमा सहभागी एक नेताले बताए। श्रेष्ठले प्रतिवेदन सकारात्मक भएको र कम्युनिस्टहरूले झन् आत्मसात् गर्नुपर्ने तर्क राखेका थिए।

उनले प्रतिवेदनको विरोध नगर्न अनुरोध गरेका थिए। ‘कोही त्रिशुलीमा हाम फाल्छु भन्यो भने माग पूरा गर्न नसकिने’ तर्क उठेपछि श्रेष्ठ आक्रोशित भएका थिए। उनले भनेका थिए,‘ आजसम्म कतिवटा डा केसी उत्पादन गर्नुभएको छ?’

अध्यक्षद्वयले बैठकमा सुशीला कार्की, कृष्ण पहाडी र डा केसीलाई भेटेको भन्दै श्रेष्ठसँग प्रश्न सोधेका थिए। त्यसपछि भने श्रेष्ठले ‘तपाईंहरूको प्रवक्ता तपाईंहरू नै राख्नुस्’ भन्दै बैठकबाट बाहिरिएका थिए।

‘श्रेष्ठले राजीनामा दिनुभएको कुरा सत्य हो’, बैठकमा सहभागी एक नेताले भने, ‘बाँकी प्रक्रिया अघि बढेको छैन।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution