बहराईनमा २४ औं बिश्व आदिवासी दिवस भव्यताको साथ मनाउने तयारी

नेपाल आदिवासी जनजाती महासंघ बहराईनको प्रमुख आयोजनामा ६ जातिय संस्थाहरू क्रमश: मगर संघ बहराईन, तमू समाज बहराईन, किरात याक्थुङ चुम्लुङ बहराईन, तामाङ सेवा समाज बहराईन, किराँत राई यायोक्खा बहराईन तथा शेर्पा किदुग बहराइईको सहकार्यमा हुन गएको “२४ औं बिश्व आदिवासी दिवस तथा बहुल जातीय साँस्कृतिक साँझ – २०१८” आउँदो १० अगस्ट २०१८ (शुक्रबार) इन्द्रेणी नेपाली रेष्टुरेन्टको सभाहलमा साँझ ४.०० बजे देखि भव्यताको साथ मनाउने भएको छ ।
कार्यक्रममा विभिन्न जातीय भेष-भूषा तथा मौलिकता झल्कने नृत्यहरू सहित बहराईनका उदयमान कलाकारहरूको उत्कृष्ट प्रतिभा नृत्य निर्देशक बुद्ध लामा र “IAF GOT TALLENT – 2” कि बिजेता तथा चर्चित नृत्याङ्गना सुश्री सकुन योङ्हाङ लिम्बूको उत्कृष्ट युगल नृत्य प्रस्तुत हुने भएको छ |
बहराईनमा रहनुहुने बुद्दिजिवी, श्रमजीवी, समाजसेव, पत्रकार, कलाकार, ब्यावसायी तथा संघसंस्थाका प्रतिनिधिहरुलाई उपस्थित हुनुभई कार्यक्रम भब्य र सभ्यताताका साथ सफल तुल्याईदिन हुन उपस्थितिको लागि नेफिन बहराईन हार्दिक अनुरोध गरेको छ |
कार्यक्रममा प्रवेश शुल्क “निशुल्क” रहेको छ |