हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

जोशी एसएलसी फेल, संसदीय समितिमा बुझाएको प्रमाणपत्र नै झुटो

जोशीले गत बिहीबार संसदीय सुनुवाईका दिन सभापति लक्ष्मणलाल कर्णलाई आफ्नो प्रमाणपत्रका बारेमा अफवाह फैलिएको भन्दै प्रमाणपत्रको फोटोकपी बुझाएका थिए । समितिको सचिवालयमा बुझाएको भनिएको नेपाल ल क्याम्पसको ‘प्रोग्रेस रिपोर्ट’ त्यसको दुई दिनअघि नै कान्तिपुरलाई उपलब्ध भएको थियो । उक्त रिपोर्टमा उल्लेखित विवरण र व्यहोरा ‘झुटो’ प्रमाणित भएको छ ।

जोशीको ‘प्रोग्रेस रिपोर्ट’ अनुसार उनले २०२९ सालमा विजय मेमोरियल स्कुलबाट १० कक्षा उत्तीर्ण गरेका थिए । उनको सिम्बोल नम्बर ३९९६ भनी उल्लेख छ । परीक्षा नियन्त्रण कार्यालयको उच्च स्रोतले दिएको विवरण अनुसार, २०२९ सालमा विजय मेमोरियल स्कुलबाट टेष्ट तथा एसएलसी दिने विद्यार्थीको सूचीमा दीपकराज जोशीको नाम छैन ।

त्यतिबेला विजय मेमोरियल स्कुलबाट परीक्षा दिने विद्यार्थीको सिम्बोल नम्बर १५१७३ देखि १५२३० छ । ३९९६ नम्बर उल्लेखित सिम्बोल नम्बरमा हिमबहादुर लेकालीको नाम छ । उनी नारायण विद्यामन्दिरबाट परीक्षामा सहभागी भए पनि उत्तीर्ण हुन नसकेको देखिन्छ ।

जोशीले गतसाता नै कान्तिपुरसँगको प्रतिक्रियामा आफू डिल्लीबजारस्थित विजय मेमोरियल स्कुलमा १० कक्षासम्म पढेको र टेष्ट पास भएपछि नेपाल राष्ट्रिय विद्या पीठबाट प्रवेशिका दिएको प्रतिक्रिया दिएका थिए । ‘म विजय मेमोरियलमा १० कक्षासम्म पढेको हुँ । एसएलसी त्यहाँ दिइनँ । टेष्ट पास भएपछि नेपाल राष्ट्रिय विद्या पीठमा पढेर प्रवेशिका दिएको हुँ,’ जोशीले गत साता कान्तिपुरसँग भनेका थिए, ‘विजय मेमोरियलकै चारित्रिक प्रमाणपत्रका आधारमा उता भर्ना भएकाले सिम्बोल नम्बर एउटै भएको हुनुपर्छ ।’

प्रमाणपत्रमा एउटा, पनिकामा अर्कै

विजय मेमोरियल स्कुलको अभिलेखमा उनले २०२७ सालमा टेष्ट र एसएलसी दिएको भेटिएको छ । उनको सिम्बोल नम्बर ९२५८ ‘बी’ हो । अरु विषयमा पास भएपनि उनी अंग्रेजी र इलमेन्ट्री नेपालीमा फेल भएको देखिन्छ । स्रोतले कान्तिपुरसित भन्यो, ‘त्यसपछिका दुई वर्ष उनले विजय मेमोरियल स्कुलमा कुनै परीक्षा दिएको भेटिएन ।’

कान्तिपुर दैनिकमा जोशीको प्रमाणपत्रमाथि प्रश्न उठेपछि उनको स्वकीय सचिवालयले एउटा प्रमाणपत्रको स्क्यानप्रति कान्तिपुरलाई उपलब्ध गराएको थियो । उक्त कागजात हेर्दा जोशीले २०२७ सालमै विजय मेमोरियल स्कुलबाट १० कक्षाको परीक्षा दिएको देखिन्छ । उक्त परीक्षामा १००/१०० पूर्णाङ्कका दुई अंग्रेजी विषयमा कम्तीमा ३०/३० ल्याउनुपर्नेमा उनले दुवैमा १५/१५ ल्याएका छन् । उक्त प्रमाणपत्रमा ‘प्रमटेड’ भनि कैफियत लेखिएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीले कान्तिपुरसँगको प्रतिक्रियामा मात्रै होइन, संसदीय सुनुवाई समितिलाई समेत झुटो विवरण दिएका थिए । सांसदहरुले प्रमाणपत्रको बैधतामाथि प्रश्न उठाएपछि उनले भनेका थिए, ‘पत्रपत्रिकामा जे जस्तो आएका छन्, त्यो होइन । मैले यहाँलाई बुझाएको हुँ, हेर्दा हुन्छ ।’ तर उनले आफ्नो अध्ययन, त्यसपछि विद्यालय परिवर्तन, कागजातमा देखिएको त्रुटीबारेमा कुनै जवाफ दिएका थिएनन् । विजय मेमोरियल स्कुलको अभिलेखमा जोशीको जन्ममिति २०११ साल कात्तिक २४ गते भनी उल्लेख छ भने नेपाल राष्ट्रिय विद्या पीठको प्रमाणपत्रमा २०११ साल असोज २४ गते भनि लेखिएको छ ।

आफ्ना प्रमाणपत्रमाथि उठेका प्रश्न र शंकाको प्रमाणसहित प्रतिवाद गर्न नसकेका कामु प्रधानन्यायाधीश जोशीले सोमबार फेरी एकाएक घटना मोडिने गरी वक्तव्य दिए । उनको स्वकीय सचिवालयले ‘संसदीय सुनुवाईमा नउठेको प्रश्नलाई आधार बनाएर सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेको’ भन्दै आपत्ति जनाएको छ । जब की उनीमाथि संसदीय सुनुवाईमा शैक्षिक योग्यता र प्रमाणपत्रबारेमा पटकपटक प्रश्न उठेको थियो । स्वकीय सचिवालयले ‘सबै प्रकारका शैक्षिक प्रमाणपत्रहरु संसदीय सुनुवाई समितिमा पेश भइसकेको’ भनी दाबी गरेको छ । जब की जोशीले विवादमा नपरेका कानून र नेपाल राष्ट्रिय विद्या पीठ बाहेकका प्रमाणपत्र पेश गरेका छैनन् । उल्टै उनको स्वकीय सचिवालयले विज्ञप्तिमार्फत अहिले शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउनुको नियतमाथि नै शंका गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘१२ वर्ष ल क्याम्पसमा अध्यापनसगै क्याम्पस प्रमुखको भूमिकामा समेत उहाँ हुनुहुन्थ्यो । पुनरावेदन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश हुदै सर्वोच्च अदालतको न्यायाधीश हुँदा समेत प्रश्न नै नभएको विषयमा हाल आएर भ्रम फैलाउनु एक प्रधानन्यायाधीशको नियुक्तीलाई प्रभावित पार्नु मात्र नभई स्वतन्त्र न्यायपालिका माथिको प्रहारजस्तो देखिन्छ ।’

अन्य कागजातसमेत शंकामा

आफ्नो प्रमाणपत्रमाथि प्रश्न उठेपछि कामु प्रधानन्यायाधीश जोशीको सचिवालयले प्रमाणपत्रमाथिको शंका झुटो रहेको दावीसहित चरणवद्ध रुपमा पत्रकारहरुलाई उनका प्रमाणपत्रको स्क्यानकपी इमेल गरेको थियो ।  अन्य कागजात समेत शंकाको घेरामा परेका छन् ।

जोशीको प्रवेशिका प्रवेश पत्रमा नेपाल राष्ट्रिय विद्यापीठ वीरगञ्ज भनी उल्लेख गरिएको छ । उनको मार्कसिटमा परीक्षाकेन्द्र ‘नक्साल ख’ भनी उल्लेख छ । तर काठमाण्डौं भनी फर्म भरिएको प्रवेशपत्रमा पदमोदय भनी रातो अक्षरले केन्द्र लेखिएको छ । केन्द्रहरु कसरी फरक परे, जोशीले केही खुलाएका छैनन् । अर्कोतर्फ विद्या पीठबाट बनाउनुपर्ने चारित्रिक प्रमाणपत्रसमेत नक्सालस्थित काठमाडौं केन्द्र र कार्यालयको नाममा छ । उक्त प्रमाणपत्रमा केन्द्र व्यवस्थापकले हस्ताक्षर गरेका छन् । सिम्बोल नम्बर नै उल्लेख नभएको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी समेत शंकाको घेरामा परेको छ ।

पछिल्लो दुई महिनाको अवधिमा दुई प्रधानन्यायाधीश एकै खालको विवादमा परेको देखिन्छ । नागरिकता र जन्ममितिको विवादबाट सुरु भएको निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्रसमेत चरम विवादमा परेको थियो । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको अभिलेखमा दुई परीक्षामा एउटै सिम्बोल नम्बर उल्लेख भएपछि खोजविनका क्रममा उस्तै त्रुटी भेटियो ।

‘गोपाल पराजुली र दीपकराज जोशीका प्रमाणपत्रका विवादहरु हुबहु मिलेका छन्’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘एकै वर्ष एउटै विद्यापीठबाट पास गरेको प्रमाणपत्र बोकेका उनीहरु कहिल्यै एक अर्काको बचाउमा लागेनन् । यो अचम्मको विषय हो ।’  कान्तिपुर बाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution