आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा

काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट ४ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।
फोनिजले पुरस्कार छनोट समितिको निर्णयअनुसार ४ विधामा पुरस्कृत हुने पत्रकारको नाम आज सार्वजनिक गरिएको हो।
यस वर्ष अनलाइनतर्फ उजिर मगर, टेलिभिजनतर्फ भैरव आङ्ला, छापातर्फ छेटु शेर्पा र रेडियोतर्फ कमला चौधरीलाई पुरस्कृत गर्ने भएको छ |
पुरस्कृत हुनेले जनही ४० हजार रुपैयाँ पाउनेछन्।
पुरस्कार आगामी साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा प्रदान गर्ने कार्यक्रम रहेको छ |