हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

लाइसेन्सको चिप आफै उपक्यो, खर्च कसले ब्योहोर्ने ?

काठमाडौंका सुनिल प्रजापतीले २०७३ असारमा ट्रायल कटाए। पहिलो पटकको लाइसेन्स, त्यसमा पनि नयाँ उच्च प्रविधिको स्मार्ट कार्ड पाउने भएपछि उनमा खुसीको सीमा नै रहेन।

उनको त्यो खुसी धेरैबेर भने टिकेन। लिएको ३ महिनामै लाइसेन्सको चिप उप्कियो। ‘उप्किएको चिप र कार्डसँगै राखेको थिएँ चिप पनि हराएछ, कार्ड रिडर नभएर होला ट्राफिकले केही भनेको छैन’ प्रजापतीले सेतोपाटीसँग भने।

चिप उप्कने समस्या पुरानै हो। धेरैले चिप उप्किएपछि गमले टाँसेर काम चलाइरहेका छन्। त्यसरी गमले टाँसेको लाइसेन्सले सही विवरण दिन्छ त? यही परीक्षणको लागि हामीले यातायात विभागमा रहेको कार्ड रिडरमा गमले चिप टाँसेको लाइसेन्स परीक्षण गर्दा स्पस्ट विवरण आएन।

त्यस्तो कार्ड ‘रिडरमा’ हालेपछि विभागको कम्प्युटर स्क्रिनमा निकै अस्पस्ट र कतै विवरण दोहोरिने र कतै विवरण काटिने समस्या देखा पर्यो।

नक्कली लाइसेन्सको विगविगी हटाउन सरकारले स्मार्ट कार्ड सुरु गरे पनि विभागको रिडरमै अस्पस्ट विवरण भएपछि सडकमा चेकजाँच गर्ने पोर्टेवल रिडरमा के हालत होला ?

यातायात व्यवस्था विभागले पहिलो लटमा ल्याएको १ लाख ६० हजार कार्ड मध्ये अधिकांशमा चिप उप्कने समस्या छ। कतिको चिप हरायो भने कतिपयले गमले टाँसेर काम चलाइरहेका छन्। विभागका प्रवक्ता तुल्सीराम अर्याल पहिलो लटको कार्डमा त्रुटी भएको स्वीकार्छन्।

यस्तो गल्तीको न विभागले जिम्मा लिन्छ न त कार्ड उपलब्ध गराएको भारतीय कम्पनी मद्रास प्रिन्ट्सलाई दोष लगाउन सक्छ।

‘हामीले २००९ मा बनाएको मापदण्डअनुसार नै कार्ड आयो। कार्डलाई न्युजील्याण्डमा परीक्षण गराउँदा पनि मापदण्ड अनुसार नै भएको प्रमाणित भएपछि बल्ल बाँड्न सुरु गरेका हौँ,’ अर्यालले भने ‘त्यो बेलामा नयाँ प्रयोग भएको कारण गल्ती भएको हुन सक्छ !’

कार्ड उप्किए पनि यस्तो अवस्थाको लागि पहिले कुनै सर्त नराखिएको हुनाले मद्रास प्रिन्ट्सलाई क्षतिपूर्ति गराउन नसकिने उनले स्पस्ट पारे।

पहिलो लटको १ लाख ६० हजार कार्डमा यति मात्र समस्या नभई अन्य समस्या समेत देखिएका छन्। जसमा गैर व्यवसायिक सवारी चालक अनुमति पत्र लेखिएको छ। वर्ग स्पस्ट नखुलेको र फोटो क्लियर नभएका समस्या पनि छन्।

विभाग भने न गल्ती स्वीकार्छ, न सेवाग्राहीलाई नयाँ कार्डको व्यवस्था गर्छ न त मद्रास प्रिन्ट्सलाई क्षतिपूर्ति तिराउँछ।

यी कार्डधारी चालकले फेरी ५०० रुपैयाँ तिरेर नयाँ लाइसेन्स बनाउनुको विकल्प छैन। यसरी लाइसेन्स बनाउँदा प्रति व्यक्ति ५ सयको दरले १ लाख ६० हजार जनाले विनागल्ती ८ करोड तिर्नु पर्ने स्पस्ट छ। सेतो पाटि बाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution