हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

विदेशबाट फर्कँदा श्रीमती वेपत्ता, खोज तलास गर्न पतिले गरे अनुरोध

तानसेन : रम्भा गाउँपालिका वडा नंं २ का विरबहादुर ( नाम परिवर्तन) श्रीमती लाई घरमै छोडी धन कमाउन मलेसिया गए । दुई बर्ष सम्म विरबहादुरले मलेसिया बाट श्रीमती लाई महिना महिनामा पैसा पठाईदिए । जव विरबहादुर घर आए तव श्रीमती नै वेपत्ता भईन ।

विरबहादुरले श्रीमती लाई घर माईती आफन्त ईष्टमित्र जताततै खेजी गरे पाएनन । विरबहादुरले श्रीमती खोजविन गरिदिन रम्भागाउँपालिकाको न्यायिक समितीमा उजुरी दिए । विरबहादुर जस्तै पाल्पाका १० वटा स्थानीय निकायमा श्रीमती खोजविन गरिदिन न्याययिक समिती उजुरी पर्दै आएको छ । स्वदेशमा रोजगारी छैन भनेजस्तो काम पाईदैन धन कमाउन विदेश जानै पर्यो विदेशमा कमाएको धनपनि गयो , श्रीमती पनि गई विरबहादुर पिडा पोखे |

पाल्पा जिल्लाका दुई नगरपालिका र ८ वटा गाउँपालिकाको न्यायिक समितीमा १ बर्षको अवधीमा १ सय ४९ वटा मुद्दा उजुरी परेकोमा १४ वटा उजुरी श्रीमती खोजविनको लागी परेका छन । विदेशमा धन कमाउन जादाँ घरबाट श्रीमती वेपत्ता हुने क्रम दिनहु बढ्दै गएको छ । २ वर्ष मलेसियामा काम गरेर फर्कंदा श्रीमतीले छोरी लाई छाडेर अन्यत्रै गईन् । विरबहादुर संग न पैसा छ न त श्रीमति नै । उनी कहाँ पुगिन, कसैलाई अत्तोपत्तो छैन । विरबहादुर त प्रतिनिधिपात्रमात्र हुन् । पछिल्लो समय युवाहरु विवाह गरेर वैदेशिक रोजगारमा जाँदा घरबार बिग्रीएको धेरै उहाहरण छन् ।

रम्भा गाउँपालिकाकी न्यायिक समिति संयोजक राधा श्रेष्ठले गत आर्थिक बर्षमा गाउँपालिकामा श्रीमती पिडितको रुपमा ३ उजुरी दर्ता भएको बताईन् । श्रीमान रोजगारीको लागी विदेशमा जाँदा परपुरुषसँग प्रेम सम्बन्ध राखेका विवाहित महिलाले घरबारै छाडेर अन्यत्र जाने गरेका घटना बढ्दै गएका छन । बगनासकाली गाउँपालिकामा गत आ.व.मा १४ मुद्धामध्ये ६ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा ३ वटा मिलाएको ३ वटा बाकी रहेको गाउँपालिकाकी न्याय समितीकी संयोजक सरस्वती चिदीले बताईन । यता रिब्दीकोट गाउँपलिकामा १५ मुद्दामध्ये १ वटा सम्वन्ध विच्छेदको मुद्दा रहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताईन ।

पुर्वखोला गाउँपालिकामा ३ वटा मुद्दा दर्ता भएकोमा १ वटा सम्वन्ध विच्छेदको मुद्दा छलफलको क्रममा रहेको न्यायिक समिति संयोजक भागिरथी भट्टराइले बताईन । तिनाउँ गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले गर गहना पैसा लिएर सहित श्रीमती फरार भएका गुनासाहरु आएको बताईन । तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले २१ मुद्दा दर्ता भएकोमा ३ वटा मुद्दा श्रीमती खोजविनको लागी परेको बताईन । जिल्ला अदालत पाल्पाका श्रेष्तेदार सुवर्ण खनालले सम्बन्ध विच्देछका जिम्मेवारी सरेर आएका १ सय २४ मुद्दामध्ये ३ वटा मुद्दा बाँकी रहको र गत आर्थिक वर्ष २०७४÷०७५ मा नयाँ दर्ता भएका १ सय ८ सम्बन्ध विच्छेदका मुद्दाहरुमध्ये ८५ फैसला भई २३ बाँकी रहेको खनालले बताए को अन्नपूर्णा पोस्ट्मा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution