हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

जनसम्पर्क समिति इजरायलको दोश्रो वार्षिकोत्सव तथा बिपी स्‍मृति दिवस सम्पन्न

तेलअविव – नेपाली जनसम्पर्क समिती इजरायलको दोश्रो ऐतिहासिक वार्षिकोत्सव तथा ३६औं बिपी स्‍मृति दिवस गत (शुक्रबार) भव्यताको साथ सम्पन्न गरेको छ |

जनसम्पर्कसमितिका प्रथम उपसभापति दिपिका भुसालको संयोजकत्व रहेको कार्यक्रममा कार्य बाहक सभापति डम्मर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम राजदुत निरन्जन कुमार थापा , बिशेष अतिथिहरुमा एनआरएन ए इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पा , समितिका सल्लाहकार देब घिमिरे र अतिथिहरुमा इजरायलमा अवस्थित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र मिडियाकर्मीहरु रहेका थिए |

प्रमुख अतिथि निरञ्जन थापाले बिपी कोइरालको राष्ट्रिय मेलमिलापको नीति अनुसार सम्पूर्ण नेपाली समाजमा एकता आवश्यता रहेको बताउनु हुदै प्रवासमा जुनसुकै पार्टी ,सामाजिक , धार्मिक ,जातीय संघसंस्था र नेपालीहरुमा मेलमिलाप हुनुपर्ने बताउनु भएको थियो |

कार्यक्रममा बिशेष अतिथि छिरिङ लामा शेर्पा,नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ,महामन्त्री उशा सुवेदी , सहकोषाध्यक्ष सुर्य राना, द्धितिय उप सभापति राजेन्द्र खनाल,प्रबक्ता राज छत्कुली ,सल्लाहकार सुरेन्द्र प्रसाईं, सांस्कृतिक बिभाग प्रमुख माया खनाल,सदस्य माया खनाल लगायतले मन्तव्य राख्नु भएको थियो |

कार्यक्रमको अन्तमा सभापति डम्मर गुरुङले  उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु हुदै कार्यक्रम समापन गर्नु भएको थियो |



« (Previous News)



शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution