दुबिचौर चेपाङ वडा कमिटी गठन

चितवन – नेपाल चेपाङ संघ चितवन राप्ती नगरपालिका दुबिचौर चितवनमा राप्ती १ नम्बर वडा कमिटी गठन गरिएको छ।
नेपाल चेपाङ संघ राप्ती नगरकार्यकारिनी समिती चितवनले आयोजना गरिएको सो कार्यक्रम नेपाल चेपाङ संघ चितवन जिल्लाका अध्यक्ष लक्ष्मन चेपाङ्को सम्योजकत्वमा ९ औ सदस्यीय कमिटी गठन भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राप्ती १ का वडा अध्यक्ष सिद्दी लाल सस्याङ्तानले चेपाङहरु सधै एकै ठाउमा बाधिएर बस्नुभन्दा बाहिर निस्किएर शिक्षा,स्वास्थ,सुरक्षा लगायत अन्य छेत्रहरुमा पनि निरन्तर पहुँच राख्नुपर्नेमा जोड दिनुभएको थियो। यस्तै गरि कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्षमन चेपाङ्ले नया वडा कार्यसमिति लाई बधाई दिदै अबदेखी चेपाङ जाती निरन्तर रुपमा मिलेर अघि बढनुपर्नेमा जोड दिनुभएको छ ।
नव वडा कमिटीमा अध्यक्ष अक्कल बहादुर चेपाङ, उपाध्यक्ष सबिता चेपाङ, सचिब बाबुलाल चेपाङ कोषअध्यक्ष दिपक चेपाङ, त्यस्तैगरी सद्स्यहरुमा दिल बहादुर चेपाङ,उषा चेपाङ,सुनिमाया चेपाङ, प्रस्न चेपाङ, माया चेपाङ सहितको ९ औ सदस्यीय कमिटी गठन गरिएको हो।
कार्यक्रममा आदिवासी जनजाति महासङ राप्ती नगरका उपाध्यक्ष इन्द्र्जीत चेपाङ, नेपाल चेपाङ सघ राप्ती नगरका अध्यक्ष सफल चेपाङ, उपाध्यक्ष प्रेम चेपाङ, मकवानपुर राक्सिराङ गाउपालिका ६ का वडा अध्यक्ष सिङग लाल चेपाङ,नेपाल चेपाङ संघ मकवानपुरका दिनेश चेपाङ, लोक दोहोरी गायक रबिन कुमार चेपाङ लगायत धेरै ब्यकित्वहरुको सहभागी रहेको थियो। कार्यक्रम नेपाल चेपाङ संघ राप्ति नगरकार्यकारिनी समिती चितवनका अध्यक्ष सफल चेपाङ्को सभापतित्वमा सम्पन्न भएको थियो।