इजरायलमा तीज धमाका २०७५ भव्य रुपमा मनाउने तयारी
तेलअविव – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजक र इजरायलमा स्थापित खेल प्रेमी युवाहरुको फुटबल क्लव, सामाजिक , धार्मिक , राजनैतिक , सांस्कृतिक , साहित्यिक संघ संस्थाहरु को संयुक्त आयोजनामा इजरायलमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज यही सेप्टेम्वर १४ तारीख (शुक्रबार) भव्यताको साथ मनाउने तयारी भईरहेको छ |
नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु राम्जी खाँड,उमा श्रेष्ठ र माण्डपी त्रिपाठी तीज कार्यक्रमको लागि आउने जानकारी गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलकी प्रवक्ता डोमा शेर्पाले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
कार्यक्रमबाट प्राप्त मुनाफा धुर्मुस सुन्तली द्वारा निर्माण गर्न लागिरहेको क्रिकेट स्टेडियमलाई सहयोग गर्ने बताएको छ |
गत बर्ष इजरायलमा मनाएको तीज कार्यक्रमको भिडियो