हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तामाङ समाज अमेरिकाद्वारा लुम्बिनी विकास कोषका पूर्बउपाध्यक्ष अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्युयोर्क । अमेरिका जस्तो विश्वको शक्तिशाली देशमा रहेका तामाङ संघ-संस्थाबाट स्वदेशमा रहेका तामाङ समुदायलाई गरिएको सहयोगको प्रशंसा गर्दै लोकतान्त्रिक पद्दतीलाई उच्च स्तरमा दैनिक जीवनमा अभ्यास गर्न र समुदायको हितमा उपयोग गर्न लुम्बिनी विकास कोषका पूर्ब उपाध्यक्ष गजेन्द्र कुमार लामाले न्युयोर्कमा आयोजना गरिएको एउटा अन्तरक्रिया कार्यक्रममा बताउनु भयो ।

तामाङ समाज अमेरिकाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यकममा बोल्दै प्रमुख अतिथि लामाले नेपालमा ल्याइएको राजनीतिक परिवर्तनले आदिवासी जनजातिलाई इतिहासमै पहिलो पटक राज्य शक्तिमा पहुँच दिइएको उल्लेख गर्दै इतिहासमा राज्य पक्षबाट गरिएको सुनुयोजित विभेदको परिणाम स्वरूप देशमा गणतन्त्र, संघीयता र धर्मनिर्पेक्षता स्थापना भएको र यो परिवर्तनले बिस्तारै सिमान्तकृत समुदायको मात्र नभएर समग्र देशको विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का निवर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङले अमेरिकाको नेपाली डायस्पोरामा तामाङ समुदायले नेतृत्वदायी भूमिका निर्बाह गर्न सफल रहेको र दक्षिण एसियाली संजाल मार्फत स्थानीय राजनीतिमा नेपालीहरुको प्रतिनिधित्व गराउन महत्वपूर्ण भूमिकामा रहेको बताउनु भयो । तामाङ समाज उत्तर अमेरिकाको अध्यक्षले देखाएको कालिदास चरित्रको कारण तामाङ समुदायमा बिभाजन आएको र समुदायको अगुवाहरुको पहलमा तामाङहरुको पहिचान र गरिमालाई उच्च राखिरहनको लागि तामाङ समाज अमेरिका गठन गरिएको बताउनु भयो । त्यसै गरेर तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत मोक्तान तामाङले तामाङ सोसाइटी अफ अमेरिकाको नेतृत्वमा जन्मभूमि र कर्मभूमिमा बिगतमा सम्पन्न गरिएका महत्वपूर्ण कार्यक्रमहरुबारे प्रकाश पार्नु भयो । केन्द्रीय नेतृत्वको अदुरदर्शिता, हैकमवाद र अपरिपक्कताको कारण संस्था भित्र बिभाजन आएको र श्रीमती सानुमाया तामाङको अध्यक्षतामा तामाङ समाज अमेरिकाले जन्म लिएको स्पष्ट पार्नु भयो ।

कार्यक्रम संचालन गर्दै समाजका महासचिव बुद्दिमान तामाङले तामाङ समाज अमेरिकाको संयोजनमा भविष्यमा विश्व तामाङ सम्मेलन आयोजना गर्दै तामाङहरुको राजनीतिक, सामाजिक र आर्थिक समुन्नतीको लागि दीर्घकालीन कार्यक्रम ल्याइने प्रष्ट पार्नु भयो । समाजका उपाध्यक्ष बर्जेश मोक्तान तामाङले प्रमुख अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभाबहरुलाई स्वागत गर्दै जसरी गौतम बुद्धको जन्म त्यो समयको अपरिहार्य आवश्यकता थियो त्यसै गरेर तामाङ समाज अमेरिकाको जन्म वर्तमान परिस्थितमा सिङ्गो तामाङहरुको बृहत्तर हितको लागि अपरिहार्य आवश्यकता भएको बताउनु भयो ।

कार्यक्रमलाई समापन गर्दै समाजका अध्यक्ष श्रीमती सानुमाया तामाङले पूर्व नेतृत्वको  पूर्वाग्रही र संकोचित सोचको कारण तामाङ समाज अमेरिकाको जन्म भएको भन्दै नेतृत्व पंक्तिले देखाएको पारिवारिक स्वार्थ र दिशाहीनताले गर्दा तामाङ समुदायमा विभाजन आएको बताउनु भयो । संस्थाको विधि बिधानलाई तिलान्जली दिदै हैकमवादी चरित्र पूर्व नेतृत्वले देखाएको कारण समाजका अगुवा र शुभचिन्तकहरुको सहयोगमा तामाङ समाज अमेरिका आफ्नै नेतृत्वमा गठन गरेको र शीघ्र भविष्यमा सम्पूर्ण तामाङहरुलाई यसै समाज अन्तर्गत एकताबद्ध गर्न सक्ने विश्वास दिलाउनु भयो । पूर्व नेतृत्वको संकीर्णता र अपरिपक्कताले समुदायभित्र बिग्रह निम्ताएको कारण उनीहरु नै बिखण्डनकारी भएको समेत उल्लेख गर्नु भयो । लुम्बिनी विकास कोषको पूर्व उपाध्यक्ष गजेन्द्र कुमार लामाको सम्मानमा तामाङ समाज अमेरिकाले क्विन्स स्थित आफ्नै सभाकक्षमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution