कांग्रेस मर्सी चामलको विज्ञापन गरेर हिँडिरहेको छ – प्रधानमन्त्री ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि कारण नपाएर गलत प्रचार गरेर हिँडिरहेको आरोप लगाएका छन्।
मंगलवार पार्टी कार्यालयमा आयोजित प्रशिक्षणमा ओलीले भने, ‘विपक्षी यति निरिह छ कि मुद्दा केही पनि छैन। मर्सी चामलको विज्ञापन गरेर हिँडिरहेको छ।’
त्यस्तै एकताको समयमा केएमसी अस्पतालका संचालक दुर्गा प्रसाइको घरमा मार्सी चामलको भात खाएको विषयमा समेत प्रधानमन्त्रीले प्रष्ट पारेका थिए।
‘प्रचण्डजी र म दुर्गा प्रसाईकोमा जानु गलत हो भने गलत नै हो। तर, फेसबुकमा राख्नु गलत होइन। मार्सी भनेको के के न हो र? त्यो इन्डिया गेट र लालकिल्ला चामल खानेहरु कराएका छन्। बास्मती होइन। कहाँ को के ठेट्ने चामल हो। मीठो पनि हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।