कानुन मन्त्री शेरबहादुर तामाङद्वारा राजीनामा घोषणा

काठमाडौं– कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। तामाङले मंगलबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन्।
‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली महिलामाथि हिंसा भएको सुन्दा आफू स्तब्ध भएको र यो कुरा बोलेकै हुँ भन्दै पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने मान्छे भएकाले प्रधानमन्त्री समक्ष राजीनामा घोषणा गरेको छु’, उनले भने।