हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

केसीको अनसनलाई राजनीतिक वैतरणी तर्ने माध्यम बनाइयो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले डाक्टर गोविन्द केसीको अनसनलाई केहीले राजनीतिक वैतरणी तर्ने माध्यम बनाएको बताएका छन्।

 

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा सुधार गर्ने बजेट र लगानी अभिवृद्धि गर्ने वैज्ञानिक र प्राविधिक शिक्षामा बढी प्राथमिकता दिने भनिरहेका बेला केसीको अनसनलाई माध्यम बनाएर देशलाई अस्थिरतातिर लैजाने दाउमा लागेको आरोप लगाए।

‘गोविन्द केसीसँग सम्बन्धित विषय होस् चाहे माथेमा आयोगको प्रतिवेदनसँग सम्बन्धित विषय होस्। निजी अस्पतालसँग सम्बन्धित होस् वा समग्र शिक्षा नीतिको विषय होस्। राष्ट्रियकरण गरेपछि सबै समस्याको रामवाण त्यही हो कि भने जसरी पनि चर्चा चलेको छ,’ दाहालले भने,‘तर त्यो सत्य होइन। किनभने संविधानले नै के परिकल्पना गरेको छ भने निजी, सार्वजनिक र सहकारी क्षेत्रको संयोजनबाट देशको समग्र अर्थतन्त्र र सामाजिक प्रणालीलाई अगाडि बढाउने प्रतिवद्धता गरेको छ। हामी सम्पूर्ण रूपले निजी क्षेत्रलाई उन्मुलन गर्न सक्दैनौं।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लक्षित गर्दै उनले केसीमार्फत् अनसनलाई राजनीतिक भूमरी तयार पार्ने कोशिस भइरहेको बताए।

‘एकाध व्यक्तिका अनसनलाई राजनीतिक वैतरणी तर्ने माध्यमका रूपमा लिने र बडो विचित्रसँग राजनीतिक भूमरी तयार पार्ने कसरत भइरहेको छ,’ दाहालले भने, ‘ उहाँको जीवन रक्षा पनि गर्न नदिने, वार्ता गर्न पनि नदिने, सरकारी डाक्टरलाई स्वास्थ्य परीक्षण पनि गर्न नदिने, वार्तामा लेनदेन पनि नगर्ने, एउटै कुरा अध्यादेश जस्ताको त्यस्तै ल्याएर मात्र मान्छौं। उनीहरू समस्या समाधानतिर होइन। के गरी समस्यालाई विकराल रूप दिन सकिन्छ र अराजकता फैलाइराख्न सकिन्छ। त्यसैमा केन्द्रीत छन्।’

उनले लोकतन्त्रमा सबै कुराको समाधान प्रक्रियाअनुसार हुनुपर्ने जिकिर गरे।

‘हामी लोकतन्त्रको अभ्यासमा छौं। यदि एकाध मान्छेले जे भन्यो त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक, किन चाहियो संविधान, किन चाहियो प्रतिनिधि, प्रदेश सभा र स्थानीय तह?,’ दाहालले भने, ‘तिनको वैधानिकतामाथि प्रश्न उठाउने होइन तिनकै प्रक्रिया भित्रबाट समाधान निकाल्नु लोकतान्त्रिक हो।’

उनले नेपाल स्थिरता र समृद्धि नहोस् भन्ने चाहना राख्नेले वर्गले धमिलो पानीमा माछा मार्ने पुरानै प्रवृत्ति र तरिका अपाउन खोजिएकाले त्यसलाई सामूहिक रूपले परास्त गर्नुपर्ने पनि उल्लेख गरे।सेतोपाटि |

साउन ७, २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution