हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी : नेपाल

काठमाडौँ, ५ साउन / पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौतमबुद्धको शान्ति र अहिंसाको विचारबाट अहिलेको नेपाली समाज चलिरहेको बताउनुभएको छ ।

कीर्तिपुरस्थित धर्मकीर्ति विहारले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “बुद्धले अढाई हजार वर्ष पहिले प्रतिपादन गर्नुभएको बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी छ, नैतिक शिक्षाका माध्यमबाट समाजमा शान्ति, अहिंसा कायम गर्न सकिन्छ ।”

लामो समयसम्म देशमा भएको द्वन्द्वको अन्त्य गरी नेपाली समाज बुद्धको दर्शनबाट प्रेरित भई आर्थिक विकास र समृद्धिका लागि अगाडि बढेको नेता नेपालले बताउनुभयो । बौद्ध दर्शनलाई सातै प्रदेश र स्थानीय तहमा प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेता नेपालले सुखी नेपाली र समृद्ध नेपालको अभियानलाई पूरा गर्न मुलुकमा उद्यमशीलताका क्षेत्रमा लगानी वृद्धि गरी रोजगारीको अवसर बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

बौद्धगुरु डा अनिल शाक्य, नेपालका लागि थाइल्याण्डका राजदूत भागवट तान्सकुललगायतले बौद्ध शिक्षा, ज्ञान र उपदेशका बारेमा नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई बुद्ध मूर्ति वितरण गरिएको थियो । (रासस)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution