हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तिते करेला : ९ रोगका लागि उपयोगी !

तितेकरेला आफैमा तितो तरकारी हो । जसको कारण कतिलाई तितेकरेला मन पर्छ कतिलाई मन पर्दैन । मुखको स्वाद फेर्नको लागि हामी तितेकरेलाको तरकारी खाने गर्छौँ । तर तितेकरेला हाम्रो तरकारी मात्र नभई औषधीय गुण पनि रहेको छ, जुन हाम्रो मानव स्वास्थ्यको लागि अति नै जरुरी छ । आउनुहोस जानौँ के के छन् त औषधीय गुण तितेकरेलामा ।

यस्ता छन् तितेकरेलाका गुणहरु

१. पाचन प्रणालीमा सघाउँछ

तितेकरेलामा एन्टिअक्सिडेन्ट भन्ने तत्व पाईन्छ । जसले शरिरमा अक्सिजनको मात्रा बढाउँछ र हाम्रो शरिरको पाचन प्रणालीलाई सघाउँछ । जसको खानामा नियमित तितेकरेला हुन्छ उसको पाचन प्रणाली एकदम मजबुत हुन्छ । पाचन प्रणाली स्थीर भएपछि कव्जीयतको समस्या हुँदैन ।

२. मधुमेहको रोगीलाई फाईदाजनक

तितेकरेलाले सबैभन्दा बढि फाईदा मधुमेहको रोगीलाई पु¥याउँछ । बिहान उठेर तितेकरेलाको चूर्ण पानीमा मिलाएर सुप पिउनाले चिनीको मात्रा नियन्त्रण गर्छ । तितेकरेलाले शरिरको मेटाबोलिज्म स्थीर राख्न मद्धत गर्छ । यसको शुप बनाएर पिउँदा पनि शरिरलाई एकदमै फाइदा गर्छ ।

३. मोटोपन घटाउँछ

शरिरमा अनावश्यक तौल बढेर हैरान हुनुभएको छ भने तितेकरेला सेवन गर्नुहोस् । बिहानै उठेर तितेकरेलाको रसमा थोरै कागतीको रस मिलाएर हप्ताको तीनपटक पिउनुहोस् । यसले तपाईँको पाचन प्रणालीमा सुधार गर्छ र मोटोपन घटाउँछ ।

४. शरिरको दुखाई हटाउँछ

हरेक ४ जनामा १ जनालाई जाडोको समयमा शरिर दुख्ने समस्याले सताउँछ । यदि तपाईँमा पनि जाडोमा शरिर दुख्ने समस्याले सताएको छ भने तितेकरेलाको पातको लेपन बनाएर दुखेको भागमा राख्नुहोस् । यसो गर्नाले आराम मिल्नेछ । त्यसैगरी तिलको तेलमा तितेकरेलाको रस समान मात्रामा मिलाएर तेल बनाउनुहोस् र दुखेको भागमा मालिस गर्नुहोस् । यसो गर्नाले तपाईको दुखाई दूर भएर जानेछ । टाउकोको अगाडिको भाग दुखेको छ भने तितेकरेलाको लेपन बनाएर लगाउँदा जाती हुन्छ ।

५. रतन्धोको रोगीलाई फाईदा

तितेकरेलामा भिटामीन ए पाईन्छ जसले आँखाको तेज बढाउँछ । तितेकरेलालाई कालो मरिचसंग मिसाएर खाने गर्नाले रतन्धो समेत ठीक हुन्छ ।

६. हृदयरोगीलाई फाईदाजनक

तितेकरेलामा कोलेस्ट्रोल नियन्त्रण गर्ने तत्व हुन्छ साथै रक्तचाप समेत नियन्त्रण गर्छ । यसको नियमित सेवनले हर्ट एट्याक हुन दिँदैन ।

७. मुखको रोग हटाउँछ

मुख भित्रको छालामा कुनै पनि घाउ छ भने तितेकरेलाको रस बनाएर कुल्ला गर्नुहोस । यसो गर्नाले मुखभित्रको घाउ निको भएर जानेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution