इजरायलमा भानुभक्त आचार्यको २०५ औ जन्म जयन्ती मनाईयो

विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा १३ जूलाई २०१८ शुक्रवार साँझ राष्टका विभूति नेपाली भाषाका साहित्य क्षेत्रका नक्षेत्र आदिकवि भानुभक्त आचार्यको २०५ औ जन्म जयन्ती कार्यक्रम सम्पन्न गरेको छ |
विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको अध्यक्ष सानु गुरुङको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि एन आर एन ए इजरायलका बरिस्ट उपाध्यक्ष शान्ता ज्ञावाली , विशेष अतिथिमा नेपाल आदिबासी जनजाति महासंघका दितिय उपाध्यक्ष सैलेन्द्र राई, प्रवासी नेपाली मंच इजरायलका अध्यक्ष तिर्थ गौतम र अतिथिहरुमा इजरायलमा सङ्गठित सामाजिक धार्मिक जातीय समाज,साहित्यकला समाज साथै बिभिन्न संघ सस्था संगठन र राजनीति दलका अध्यक्ष ज्यु तथा प्रतिनिधी एवं मिडियाकर्मी संचारकर्मी रहेका थिए |
कार्यक्रममा कविता ,गजलहरु वाचन गरेका थिए | कामको व्यस्तताको बावजुद, पनि गरिमामय उपस्थित जनाईदिनु हुने इजरायलमा कार्यरत सम्पूर्ण साहित्य स्रष्टा सर्जक महानुभावहरु साथै सम्पूर्ण साहित्य अनूरागी दाजूभाई दिदीबैनीहरुमा विश्व नेपाली साहित्य महासंघ शाखा इजरायल अध्यक्ष तथा कार्यक्रमका सभापति सानु गुरुङले हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सदैव सदभाव एकता आत्मियता माया ममता, साथ् हौसला सदैव मिलिरहने छ भन्ने पूर्ण बिश्वासका साथमा यहाँहरु सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेकी थिईन |