हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

क्रोएसियालाई पराजित गर्दै फ्रान्स विश्व च्याम्पियन

पहिलो पटक फाइन पुगेको क्रोएसियालाई पारजित गर्दै फ्रान्सले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। रसियामा सम्पन्न विश्वकप २०१८ मा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गर्दै २० वर्षपछि उपाधि जितेको हो।

फान्सको जितमा एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक-एक गोल गरे भने मारियो मान्डुकिचले आत्मघाती गोल उपहार दिए। पहिलो पटक विश्वकप फाइनल खेलेको क्रोएसियाको लागि इभान पेरिसिक र मान्डुकिचले गोल गरे।

यसले पछिल्लो दुई दशकमा फ्रान्सलाई विश्वकपको सर्वाधिक सफल टोली बनाएको छ। सन १९९८ मा घरेलु भूमिमा भएको १६औँ विश्वकपमा ब्राजिललाई ३-० ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको फ्रान्सले २००६ मा पनि फाइनल सम्मको यात्रा तय गरेको थियो। तर इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि फ्रान्स उपविजेतामै चित्त बुझाउन बाध्य भयो।

२० वर्षपछि फ्रान्सले उपाधि जित्दा सन् १९९८ मा कप्तान रहेका डिडिएर डेसच्याम्पस नै प्रशिक्षकको भूमिकामा रहे। उनी यस्तो सफलता हात पार्ने मारियो जागोलो र फ्रान्स बेकनबाउर पछि तेस्रो व्यक्ति बनेका छन्।

मस्कोस्थित लुजनिकी स्टेडियममा भएको खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्डुकिचले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिले अग्रता बनाएको थियो।

फ्रान्सका एन्टोनी ग्रीजमनले प्रहार गरेको फ्रि किकमा मान्डुकिचले ब्याक हेड गर्दा आफ्नै पोष्टमा गोल भएको हो।

तर फ्रान्सको अग्रता क्रोएसियाले लामो समय टिक्न दिएन। २८औँ मिनेटमा इभान पेरिसिकले डि एरिया भित्रबाट गोल गर्दै खेल बराबरी गरे। त्यसको दश मिनेटपछि एन्टोनी ग्रिजमनको पेनाल्टी गोलबाट फ्रान्सले २-१ को अग्रता बनायो।

ग्रीजमनले प्रहार गरेको कर्नर क्रोएसियाको पेरिसिकको हातमा लागेर बाहिरिएको थियो। सुरुमा अर्जेन्टांइन रेफ्री पिटानाले पेनाल्टी दिएका थिएनन्। तर फ्रेन्च खेलाडीले अपिल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री भार मार्फत् पेनाल्टी रिभ्यु हुँदा फ्रान्सले पेनाल्टी पायो र त्यसमा ग्रीजमनले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।

ग्रीजमनले रसिया विश्वकपमा पेनाल्टीमार्फत् गरेको यो तेस्रो गोल हो भने समग्रमा उनको चौथो गोल हो।

दोस्रो हाफको सुरुमै क्रोएसियाले खेल बराबरी गर्ने मौका पाएको थियो तर फ्रान्सका गोलिकपर ह्युगो लोरिसले उत्कृष्ट सेभ गरे।

५९औँ मिनेटमा पउल पोग्बाले क्रोएसियन डिफेण्सको गल्तीमा गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए।

फ्रान्स त्यतिमै रोकिएन। ६५औँ मिनेटमा किलिएन एमबाप्पेले लुकनस हर्नान्डेजको पासमा डि एरिया बाहिरबाट गोल गर्दै ४-१ को अग्रता दिलाए। त्यसको चार मिनेटपछि क्रोएसियाका मान्डुकिचले गोल गर्दै गोल अन्तर कम पारे।

त्यसपछि खेलमा दुवैतर्फबाट गोल नहुँदा फ्रान्स ४-२ ले विजयी हुँदै २०१० को विश्व च्याम्पियन बन्यो।

सन् १९६६ पछि विश्वकपको फाइनलमा ६ गोल भएको यो पहिलो पटक हो। त्यतिबेला इंग्ल्याण्डले पश्चिम जर्मनीलाई ४-२ ले हराउँदै उपाधि जित्दा निर्धारित समयमा २-२ को बराबरी भएको थियो। निर्धारित ९० मिनेट भित्रै ६ गोल भएको भने १९५८ पछि पहिलो हो। त्यतिबेला ब्राजिलले स्वीडेनलाई ५-२ ले हराउँदै पहिलो पटक उपाधि जितेको थियो।

फ्रान्स दुई पटक वा सो भन्दा बढी विश्वकप जित्ने छैटौँ राष्ट्र बनेको छ। यसअघि ब्राजिलले ५, इटली र जर्मनीले ४-४ तथा उरुग्वे र अर्जेन्टिनाले समान २ पटक विश्वकप जितेका छन्।

बेल्जियमसँग पराजित हुुँदै चौथो बनेको इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जिते। उनले रसियामा कूल ६ गोल गरे। ट्युनिसिया विरुद्ध पहिलो खेलमै दुई गोल गरेका केनले पानामा विरुद्ध ह्याट्रिक गरेका थिए। यस्तै अन्तिम १६ मा कोलम्बिया विरुद्ध १ गोल गरेका थिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution