अन्तिम सेमिफाइनलमा इंग्ल्याण्ड र क्रोएसिया बिचको खेल कसले जित्ला ? LIVE हेर्नुहोस्

काठमाडौं । रुसमा जारी फिफा विश्वकप २०१८ अन्तर्गत आज अन्तिम सेमिफाईनलमा इंग्ल्याण्ड र क्रोएसिया आमने सामने हुँदैछन् । यी दुईको खेल नेपाली समय अनुसार अबको केहि बेर पौने १२ बजे लुजनिकी स्टेडियममा हुनेछ । जहाँ जारी विश्वकपको फाइलन खेल पनि हुँदैछ ।
लाइभ हेर्न यहाँ : क्लिक गर्नुहोस
२८ वर्ष पछि सेमिफाईनल खेल खेल्न लागेको इंग्ल्याण्डको यो तेस्रो सेमिफाइनल खेल हो । सन् १९६६ मा विश्वकप जित्दा समग्र ११ गोल गरेको इंग्ल्याण्डले जारी विश्वकपमा सेमिफाईनल अगाडिनै ११ गोल गरिसकेको छ । कप्तान ह्यारी केनले मात्र ६ गोल गर्दै गोल्डेन बुटको लागि आफुलाई अगाडि उभ्याईसकेका छन् ।
मोर्डन फुटबललाई पछयाईरहेको इंग्ल्याण्डको टिम ईग्लिस क्लवका खेलाडीहरुले भरिएको छ जस्ले गर्दा इंग्ल्याण्डको टिमको समिश्रण निकै लयमा देखिएको छ । समुह चरणबाट यो पटक धेरैको छनौटमा पर्दा यो टिमको विकल्प पनि धेरै छन् । उसोत बेन्च पनि बलियो छ, क्वाटरफाईनलमा स्वडेनलाई दुई शुन्यले पराजित गर्दा प्रिक्वाटरमा कोलम्बियालाई हरायो ।
इंग्ल्यान्डलार्इ क्रोएसियाली मिड्फिल्डको डर
१९६६ मा घरेलु मैदानमै आयोजना भएको विश्वकप उपाधिमाथि विजय हासिल गरेको इंग्ल्यान्ड दोस्रोपटक विश्वकप जित्ने होडमा रहेको छ। २८ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको इंग्ल्यान्ड यो सुनौलो मौका गुमाउन चाहदैन।
रसियामा इंग्ल्यान्डले आफूलार्इ एक सशक्त एट्याकिङ फोर्सका रुपमा स्थापित गरेको छ। आफ्नो डिफेन्समा विविधता देखाइरहने इंग्ल्यान्ड यसपटक युवा जोशले भरिएको छ। अझ ह्यारी केनले रसियामा देखाएको प्रभावशाली प्रदर्शनले इंग्ल्यान्डको ड्रेसिङ रुममा नयाँ उर्जा थपेको छ।
सेमिफाइनलमा क्रोएसियाको सामना गर्दा इंग्ल्यान्डको रचनात्मक, गतिशिल र प्रभावशाली मिड्फिल्डको प्रदर्शन सबैभन्दा राम्रो हुनुपर्छ। इंग्ल्यान्डका प्रशिक्षक ग्रयारेथ साउथगेटका अनुसार जाल्को ड्यालिकको प्रशिक्षणमा रहेका क्रोएसियाली टोलीमा विश्वकै उत्कृष्ट मिडफिल्डरहरु रहेका छन् र उनीहरु इंग्ल्यान्डका हरेक मुभमेन्ट र पोजिसन गम्भिरता पूर्वक नियालिरहेका हुनेछन्।
साउथगेट भन्छन् ‘उनीहरुसँग राम्रा खेलाडी रहेका छन्। उनीहरुको मिडफिल्डमा विश्वकै उत्कृष्ट खेलाडी रहेका छन्। त्यसैले हामीलार्इ उनीहरुको बलियो पक्ष थाहा छ। हामीलार्इ थाहा छ कि उनीहरु धेरै गौरावशाली राष्ट्र हो, स्विडेन जस्तै: एक टिमको रुपमा उनीहरुको पहिचान धेरै बलियो छ र हामीले खेलका लागि धेरै राम्रो तयारी गर्नुपर्छ। जित्नका लागि हामीले हाम्रो उत्कृष्ट खेल खेल्नु पर्छ।’
रियल मड्रिडका स्टार लुका मोड्रिक क्रोएसियाका क्याप्टेन र उत्कृष्ट मिडफिल्डर हुन। अझ मोड्रिक र इभान राकाटिकको जोडी मैदानमा धेरै खतरनाक रहन्छ। उनीहरुप्रति इंग्ल्यान्ड डिफेन्डरहरुको नजर रहने बताउँछन् इंग्ल्यान्ड टोलीका ह्यारी मग्रुरी।
‘खेलमा उनीहको धेरै प्रभाव रहनेछ, रियल मड्रिड र बार्सिलोनासँग खेल्दै गर्दा उनीहरु त्यहाँ विश्वकै उत्कृष्ट मिडफिल्डरका साथ हुनेछन्।’
तरपनि, ह्यारी मग्रुरी इंग्ल्यान्डले आफ्नो खेल प्रति धेरै ध्यान दिइरहेको बताउँछन्। ‘हामीलार्इ थाहा छ उनीहरु उत्कृष्ट छन्। उनीहरुसँग उत्कृष्ट खेलाडी छन्। तर हामीसँग पनि उत्कृष्ट खेलाडी रहेका छन्। मलार्इ विश्वास छ कि खेलमा हामी विपक्षी भन्दा आफैमा बढी ध्यान दिनेछौं। तर उनीहरु राम्रो टोली हो र हामी जस्तै उनीहरु सेमिफाइनलसम्म पुग्न धेरै योग्य छन्।’
आज बेलुकी रसियाको लुजिनिकी स्टेडियममा इंग्ल्यान्ड र क्रोएसियाका मिड्फिल्डरहरु बिच कडा प्रतिस्पर्धा हुनेमा कुनै शंका छैन तर इंग्ल्यान्डका प्रशिक्षक अझै खेल आफूहरुको नियन्त्रणमा रहनेमा विश्वस्त छन्। -फिफा डटकम