हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

बिदेशमा रहेका कामै नलाग्ने सबै पर्यटन दुतहरु खारेज गर्छौं : पर्यटनमन्त्री अधिकारी

काठमाडौं, २५ असार । संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न देशमा रहेका नेपालीहरुलाई बनाईएको पर्यटन दुतहरु अब खारेज गर्ने बताएका छन् ।

सोमबार साँझ प्राईम टाईम्स् टेलिभिजनमा पत्रकार ऋषि धमलासँग जनता जान्न चाहँन्छन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,”कामै नलाग्ने दुत बनाएरपनि हुन्छ त, ती सबै खारेज हुन्छन् ।” समय समाप्त भएपनि रिप्लेस गर्नेपनि उनले जनाए । त्यस्तै उनले राजदुत पनि चाँडै हुने जनाए । उनले भने, “राजदुत नियुक्तीको लागि नयाँ मापदण्ड बनाईसकिएको छ, अब चाँडै नियुक्ती हुन्छ।”

मन्त्री अधिकारीले काभ्रेको नाघी डाँडामा आन्तरिक विमानस्थल बनाउने बताएका छन् । उनले भने, “हामी तीन वर्षभित्र यो विमानस्थलको निर्माण सम्पन्न गराउँछौं ।”

पोखरा अन्र्तराष्टिय विमानस्थल बनाउन कुनै गाहो नरहेको पनि उनले जनाए । १८० सिटसम्मका जहाज आउने र त्यतिकै क्षमताको विमान आउँदा हुने उनको भनाई छ । “मझौला जहाजहरुको लागि विमानस्थल बनाउने हो”, उनले भने,”भारत, चीन लगायतका दक्षिण एशियाका देशहरुकोलागि धेरै फोकस बनाउनुपर्छ । अन्र्तराष्टिय विमानस्थल बनाउन कुनै खतरा छैन ।”

२० लाख पर्यटकहरु ल्याउनको लागि १७ देखि १८ लाखको होटेलको क्षमता हामीसँग छ । अरु जहाज आएका छन् । भारत र चीनबाट जहाज आउने अवस्था बनेपछि, अरु एयरलायन्स आउँछन् ।

वाईड बडी खरिद प्रक्रिया अघि देखि नै अघि बढेको हो । आज त जहाज आएको हो । आएको जहाज त चलाउनुपर्यो नि । पैसा गैसक्यो, अब चलाउनुपर्छ । हामीलाई जहाज चाहिएको हो । खरिद प्रक्रिया मेरो अनुशन्धानको विषय हो, मैले रोक्ने कुरा र छेक्ने कुरा आउँदैन् ।

खरिद प्रक्रियामा अनियमितता भएको छ कि छैन भन्ने कुरा मन्त्रालयले अध्ययन गर्ने उनको भनाई छ । “जहाज चल्छ, तर अनियमितता भएको छ कि छैन भन्ने कुरा अध्ययन हुन्छ ।”-उनले भने ।

फरक प्रसँगमा उनले प्रदेश प्रमुखहरुलाई फिर्ता बोलाउने कुनै आधिकारिक निर्णय नभएको पनि जनाए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution