हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

तमु समाज युएईको आबुधाबी क्षेत्रीय अधिवेशन भब्यता साथ सम्पन्न

तमु (गुरुङ) समुदायहरुको मौलिक पहिचान,जातीय उत्थान र एकताको निम्ति सम्पुर्ण तमुहरु एक हौं भन्ने मुल नारा बोकेर युएईमा सन् १९९७ मा स्थापना भएको युएईकै पुरानो दोस्रो पुरानो संस्था तमु समाज युएईले यहि यहि ०६ जुलाई २०१८ शुक्रबार आबुधाबी स्थित मिन्ट रेष्टुरेन्ट ( गुरुङ भान्छा घर) को हलमा तमु समाज युएईको क्षेत्रीय अधिवेशन भव्यता साथ सम्पन्न गरेको छ।


तमुहरुको सुख,दु:खमा साथ दिन र आफ्नो समुदायको भाषा , धर्म , संस्कार , संस्कृति, परम्परा , भेषभुषाको संरक्षण, सम्बर्द्धन र बिकासमा प्रवास बाट पनि योगदान दिने उद्देश्यले सन् १९९७ मा स्थापित युएईको इतिहासमा २० औं बर्ष बोकेको पुरानो युएईको दोस्रो पुरानो संस्था हो ।
अधिवेशन सम्पन्न गराउन तमु समाज युएईका संरक्षक श्री राजु तमुको संयोजकत्वमा समाजकै केन्द्रिय महासचिव श्रीमती पबित्रा तमुस्यो र केन्द्रिय प्रबक्ता श्री मान सिङ तमु सदस्य सहित तीन सदस्यीय समिति गठन गरेको थियो।प्रमुख अतिथिमा तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्यो रहनु भएको थियो ।

उक्त निर्वाचन समितीले नन्द कुमार तमुको अध्यक्षतामा निम्न पदाधिकारी ज्युहरु सहित २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जस अनुसार अध्यक्ष — नन्द कुमार तमु , उपाध्यक्ष — रेशम तमु सचिव — उज्ज्वल तमु , सह-सचीव — बुद्ध तमु , कोषाध्यक्ष –मिना तमुस्यो ,सह-कोषाध्यक्ष –प्रभात तमु सदस्यहरुमा : यम तमु,पुर्ण तमु,सृजना तमुस्यो,सरिता तमुस्यो,आश तमु,जोबिटो तमु,छवि तमु,भुमिका तमुस्यो,रच्चु तमुस्यो,सुदन तमु,हिमाल तमु,यशोदा तमुस्यो,दिपेन्द्र तमु,प्रीया तमुस्यो,प्रवीण तमु र विवेक तमु रहनु भएको छ। निर्वाचित हुनु भएका अध्यक्ष ज्यु लगायत सम्पुर्ण पदाधिकारीहरु लाई समाज अध्यक्ष श्रीमती उषा तमुस्यो,उपाध्यक्ष श्री नन्द जंग तमु,सह-सचीव प्रीति तमुस्यो,सांस्कृतिक बिभाग प्रमुख श्री अमृत तमु,खेलकुद बिभाग प्रमुख श्री सन्तोष तमु र केन्द्रिय सदस्य श्रीमती पुर्णिमा तमुस्योले क्रेगी तथा खादा लगाइ दिनु भएको थियो भने निर्वाचित हुनु भएका सम्पुर्ण पदाधिकारी ज्युहरु लाई निर्वाचन समितिका संयोजक तथा तमु समाजका संरक्षक श्री राजु तमु ज्यु ले सपथ खुवाउनु भएको थियो।

अन्तमा प्रमुख अतिथि तमु समाजका अध्यक्ष श्रीमती तमुस्योले निर्वाचित पदाधिकारीहरु लाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो।

साथै तमु समाज युएईले तमु समाज युएईका आबुधाबी क्षेत्रीय समितीका सदस्य सृजना तमुस्योको भाइ मृगौला पीडित लाई आर्थिक सहयोग स्वरुप १०९२/- (एक हजार बयन्नब्बे दिराम) हस्तान्तरण गरेको थियो भने तमु समाज युएईको अलऐन क्षेत्रीय अधिवेशन छिट्टै गर्ने निर्णय पनि गरेको समाजका प्रबक्ता मान सिङ तमु (मानु कोन्मे) ले तामाङ अनलाइन डटकम लाई जानकारी गराउनु भएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution