इजरायलबाट नेपाल फर्केकी पेन्ची तामाङको निधन

याम्बु – इजरायलमा सन् २००५ देखि कर्मथलो बनाउदै आएकी नुवाकोट किप्साङ गाउँ पालिका काहुले वडा नं – ५ की नेपाली चेली पेन्ची डोल्मा तामाङको उपचारको क्रममा नेपालमा निधन भएको छ |
क्यान्सर रोगले पिडित उनी केहि समय अघि इजरायलबाट नेपाल फर्केकी थिईन् | नेपाल फर्किनको लागि एनआरएनए इजरायलले हवाईटिकटको व्यवस्था गरेको थियो |