नाङ्साल क्लवको चौथो अधिवेशन सम्पन्न , अध्यक्षमा मिक्साङ्ग वाइबा तामाङ

याम्बु – नाङ्साल क्लवको चौथो अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ | अधिवेशनले मिक्साङ्ग वाइबा तामाङको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ |
जसअनुसार उपाध्यक्ष द्वय दुप्साङ लामा तामाङ,रत्न कुमार दोङ तामाङ,महासचिव राम बहादुर लामा तामाङ,सचिव मिलन लामा तामाङ,मिथिला लामा तामाङ,कोषाध्यक्ष छत्र लामा तामाङ र सदस्यहरु शम्भु लामा तामाङ, दुर्गा लामा तामाङ, चन्द्र कुमार दोङतामाङ ,चनिका तामाङ,पेम्साङ तामाङ, पुष्पान्जाली तामाङ.लोप्साङ राज मोक्तान तामाङ,ज्ञान लामा तामाङ,संजु मोक्तान तामाङ,राजु ब्लोन तामाङ ,सुनिता लाम्खोर तामाङ,रोमा स्याङतान तामाङ,शान्ति माया बल तामाङ ,सुशिला तामाङ र विजय तामाङ रहेका छन् |
नाङ्साल क्लबका अध्यक्ष दिर्घसिंह तामाङको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि कानुन मन्त्री शेर बहादुर तामाङ र बिशेष अतिथिमा नेपाल तामाङ घेदुङका कोषाध्यक्ष रुपकुमार योन्जन तामाङ रहनु भएको थियो |