हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

रसियालाई टाइब्रेकरमा ४-३ ले हराउदै क्रोएशिया सेमिफाइनलमा

आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल प्रवेशका लागि क्रोएशियाले आज टाइब्रेकरसम्म कुर्नुपर्‍यो ।उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४-३ ले हराएको हो। टाइब्रेकरमा रसियाले २ पेनाल्टी गुमाउन पुगेको थियो।
निक्कै नै आक्रमक र प्रतिष्पर्धात्मक भएको आजको खेलमा रसियाले गोल गर्दे अग्रता लिएको थियो।


खेलको ३८ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। तर उसको अग्रतालाई क्रोएशियाले खेलको ३९ औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो। क्रोएशियाका लागि करामारिकले गोल गरेका थिए।

पहिलो हाफ १-१ को बराबरी खेलेका रसिया र क्रोएशिया दुबैले दोश्रो हाफमा गोल गर्न आक्रमण एकअर्काको पोस्टमा गरेपनि गोल गर्न असफल भए र खेल अतिरिक्त समयमा धकेलियो।

अतिरिक्त समयमा धकेलिएको खेलमा १०१ मिनेटमा डिडेले गोल गरे र क्रोएशियालाई अग्रता दिलाए। तर १ गोलबाट पछाडी परेको रसियाले यहि नतिजामा क्रोएशियालाई खेल सुम्पेन। उसले खेलको ११५ मिनेटमा बराबरी गोल फर्कायो र आफ्नो सेमिफाइनल प्रवेशलाई पुन: जीबित पार्‍यो। रसियाका लागि सो सञ्जिबनी गोल फर्नानडेजले गरेका थिए।

यसरी अतिरिक्त समयपनि २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा पुगेको खेलमा रसियाले घरेलु दर्शकलाई ३-४ को नतिजाले निराश पार्‍यो। नतिजा क्रोएशियाको पक्षमा गयो।

क्रोएशियाले सेमिफाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ।

एजेन्सी

असार २४, २०७५,






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution