विश्वकप क्वार्टरफाइनल: क्रोयसिया र आयोजक रसिया भिड्दै (LIVE)

काठमाडौं, २३ असार । विश्वकप २०१८ अन्तर्गत क्वार्टरफाइनलको चौथो खेलमा क्रोयसिया र आयोजक रसिया भिड्दैछन् । रसियाको सोची शहरमा आयोजना हुने यो खेल नेपाली समय अनुसार राती ११ः४५ मा सुरु हुनेछ ।
क्लिक गरी हेर्नुहोस : क्रोयसिया र आयोजक रसिया (LIVE)
विश्वकपमा आयोजकको हैसियले स्थान बनाएको रसियाले हालसम्म सबै अनुमानहरुलाई गलत साबित गर्दै क्वार्टरफाइनलसम्म पुगिसकेको छ । समुह चरणमा उरुग्वेसँग पराजित भएपनि प्रि क्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी शुटआउटमा हराएको रसियाको सेमिफाइनल पुग्ने लक्ष्यमा क्रोयसियालाई पन्छाउने पर्ने अवस्था आएको छ ।
आफ्नै भुमिमा नसोचेको सफलता पाइरहेको रसियाले स्पेनलाई हराएपछि रसियन समर्थकको अपेक्षा झन् बढेर गएको छ । सोही कारण आजको खेलमा क्रोयसिलाई हराउन विशेष रणनिती सहित मैदानमा आउने रसियाको तयारी रहेको छ ।
अर्कोतर्फ सन् १९९८ को विश्वकपमा सेमिफाइनल पुगेको क्रोयसिया सो प्रतियोगिता पछि ओझेलमा परेपनि अहिले सोही सफलता दोहो¥याउने अझ भर्नौ त्यो भन्दा माथि पुग्ने सम्भावनामा छ । फुटबलको गोल्डेन जेनेरेसन सहित रसिया आएको क्रोयसियाले अहिले सम्म उत्कृष्ट फुटबल खेलिरहेको छ ।
समुह चरणमा अर्जेन्टिनालाई ३–० ले हराएको क्रोयसियाले प्रि क्वार्टरफाइनलमा डेनमार्कलाई पेनाल्टी शुटआउटमा हराएको थियो । गोल गर्ने सीपमा अब्बल देखिएको क्रोयसियाले रसियाको जिद्धि डिफेन्स भत्काउन सकेमा सहजै सेमिफाइनलमा स्थान बनाउने छ । बलियो डिफेन्स भएको
क्रोयसियाले पहिलो हाफमा अग्रता कायम गर्न सकेमा रसियालाई दबावमा राख्दै खेल आफ्नो पक्षमा पार्न सक्नेछ ।
आयोजक राष्ट्रसँग खासै राम्रो इतिहास नभएपनि क्रोयसियाको ‘कम्प्याक्ट’ टोली यस विश्वकपमा अघि बढ्न योग्य छ ।