हफ टाइम: फ्रान्सले उरुग्वेविरुद्ध १ गोल
काठमाडौं । रसियामा जारी विश्वकप २०१८ मा क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्सले उरुग्वेविरुद्ध गोल गर्दै सुरुवाती अग्रता लिएको छ ।
राफेल भारानेले खेलको ४० औं मिनेटमा पहिलो गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
उरुग्वेका खेलाडी लुकास हेर्नानडेजले नान्देजलाई फल गरेपछि फ्रिकिक पाएको थियो । सोही फ्रिकिकबाट आएको बललाई राफेलले अग्रता दिलाएका हुन् ।