प्रदेश नम्बर ४ को नाम ‘पारित

काठमाडौं । प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश कायम भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा गण्डकी नाममा दुई तिहाई बहुमत देखिएको थियो ।
उक्त प्रस्ताव दुई तिहाइले पारित भएको थियो । प्रदेशसभामा रहेका २ जना सांसदले मात्रै विपक्षमा मतदान गरेका थिए । नयाँ शक्ति पार्टीका सांसदले भने गण्डकी प्रदेशको विपक्षमा मतदान गरेका थिए ।