हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

विश्वकप जसले जिते पनि जितोस् तर ब्राजिलले हार्नुपर्‍यो : अभिनेत्री पूजा शर्मा

अभिनेत्री पूजा शर्माका लागि विश्वकप २०१८ को उत्साह कम भइसकेको छ। फाइनलमा जुन टिम पुगे पनि उनलाई फरक पर्दैन। किनकि उनले समर्थन गरेको टिम अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिसक्यो। फ्रान्ससित ४-३ ले पराजित हुँदै आफूले समर्थन गर्दै आएको टिम हारेपछि उनमा विश्वकपको रौनक कम भएको हो।

उनले सुनाइन् ‘आफूले सपोर्ट गरेको टिम हारेपछि जसलाई पनि दु:ख लाग्छ नि। मलाई पनि दु:ख लाग्यो।’ पछिल्लो विश्वकपदेखि उनले विश्वकप हेर्न थालेकी हुन्। पछिल्लो समयमा त्यति ध्यान नदिए पनि यो २०१८ को विश्वकपमा भने रमाउन सिकेकी थिइन्।

यसपालि उनले बाजी पनि राखेकी थिइन्। अफिस (फिल्म निर्माण सम्बन्धि)का साथीहरुसँग ३५ हजारको बाजी हारिन्। बाजीबारे भनिन् ‘अर्जेन्टिना जित्छ भनेर बाजी राखेकी थिएँ। तर हारें।’

उनी फुटबल त्यति हेर्दिनन्। तर सानैदेखि रेस्लिङ भने खुब हेर्थिन्। ‘म रेस्लिङ हेर्ने केटी हुँ। फुटबल अलिअलि मात्र हो।’ फुटबलमा धेरै इन्ट्रेस्ट लाग्दैन।’

उनी बास्केटबल खेलाडी थिइन्। ‘फुटबल भन्दा पनि म बास्केटबल खेल्न मान्छे। हाइस्कोर हान्ने नै म हुन्थेँ।’ एक समय बास्केटबलको टपर नै रहेको सम्झना गरिन्।

अर्जेन्टिनाले हारेपछि ब्राजिलले हारोस् भन्ने उनको भित्री इच्छा छ। भनिन्, ‘मेक्सिकोसँग भएको ब्राजिलको खेलमा ब्राजिल हारोस् भनेर हेरेको थिएँ तर जित्यो। अब बेल्जियमसित क्वार्टर फाइनल पनि हारोस् भन्ने लाग्छ।’

उनका भाइ ब्राजिल सपोर्टर हुन्। त्यसैले पनि ब्राजिल हारोस् भन्ने लाग्छ उनलाई।

फाइनल जसले जिते पनि ब्राजिलले हारोस् भन्ने उनको इच्छा छ। ‘जसले जिते पनि मतलब छैन, ब्राजिलले हारोस्। अरु टिमका जसले जिते पनि हुन्छ,’ थपिन्।

उनलाई अर्जेन्टिना टिमका खेलाडी मेस्सी मनपर्छ। जर्सी लगाएर फोटो सामाजिक सञ्जालमा अप्लोड गर्न रचाउँदिनन्। अर्जेन्टिना हारेसँगे उनले मेस्सी र आफू उस्तै रहेको भन्दै स्टाटस लेखेकी थिइन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् ‘ मेस्सी र म उस्तै छौं। जब म खेल्न थाल्छु परिस्थितिहरुले घेरिन्छु। रामकहानी प्रदर्शन मितिमा धैरे फिल्म प्रदर्शनमा आएका छन्। ठीकै छ। यो मेस्सीले फुटबल खेल्दा हुने जस्तै हो। तपाइँ उनलाई माया गर्नुहुन्छ या हुन्न, तर केहीले उनलाई लडाउन सक्दैन। किनकी उनीसँग उनका फ्यानहरुको माया छ। म आफै पनि खेलाडी हुँ। म सँग मेरा फ्यानहरुको माया छ। म फिल्म भदौ २२ मा रिलिज गर्छु।’

उनलाई मेस्सीका ट्रोलहरुले दुखित पनि बनाएको थियो। हाँस्दै जोडिन्, ‘ब्राजिल टिमका नेमार पनि त छुँदा पनि ढल्छ भनेर ट्रोल बनेका छन्।’

उनले २०२२ मा हुने विश्वकपमा पनि अर्जेन्टिनाको समर्थन गर्ने बताइन्। सेतोपाटि |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution