हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

शेर्पा किदुग मलेसिया द्वारा खुट्टा गुमाएका आङ पासाङ शेर्पालाई आर्थिक सहयोग

आर एन चौधरी थारु, मलेसिया :सोलुुखुम्बु जिल्ला,नेचा बतासे,७ निबासी मलेसियामा दाहिने खुट्टा गुमाएका पीडित आङपासाङ शेर्पालाई मलेसिया लगायत विभिन्न देशहरुबाट आर्थिक सहयोग प्राप्त भैइरहेको बेला शेर्पा किदुग मलेसियाले उपचारको लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

शेर्पा किदुग मलेसियाले रोजगारीको सिलसिलामा मलेसियामा रहेका विभिन्न सहयोगी दाताहरु संग सङ्कलन गरेको करिब १ लाख दुई हजार १३ रुपैयाँ आर्थिक सहयोग पीडित आङ पासाङ शेर्पा लाई अस्पतालमै भेटेर किदुग मलेसियाका संरक्षक तेन्जिङ शेर्पाले पीडितको बुवा,आमा र किदुग मलेसियाकै अर्का संरक्षक ङ्वाङ नुरि शेर्पा,सञ्चारकर्मी निम्लेकी शेर्पाको रोहवरमा सो रकम हस्तान्तरण गरेका हुन।त्यसै गरि पीडितलाई सहयोगकै क्रममा शेर्पा किदुग मलेसियाकै महिला उपाध्यक्ष पासाङ ल्हामु शेर्पाले नेपाली करिब २७ हजार रुपैयाँ सङ्कलन गरि आर्थिक सहयोग गरेका छ्न ।

बिगत ४ बर्ष देखि मलेसियाको पानासोनिक कम्पनीमा काम गर्दै आइ रहेका आङ पासाङ शेर्पा अचानक एक दिन स्वास्थ्यमा समस्या भैइ अस्पताल भर्ना भएका थिए ,पिडित शेर्पाको भनाइ अनुसार मेरो खुट्टामा घाउ भएको थियो जब म अस्पताल भर्ना भए होसमा हुँदा सम्म मेरो खुट्टा ठिकै थियो,डाक्टरले बेहोस रहेकै अवस्थामा उपचार सम्भव हुने बताए पछि मैले हुन्छ भने तर जब म २ दिन पछि ब्युझिए थाहा पाए मेरो एउटा खुट्टा नै छैन । काम गर्ने कम्पनी र अस्पतालले कुनै कुरा नै नगरी बिना जानकारी खुट्टा काटेको कुरा प्रती आफू दुखित रहेको समेत भन्नू भयो ।

हाल आङ पासाङ शेर्पाको उपचार काठमाडौं स्थित शुष्मा मेमोरियल अस्पतालमा भैइ रहेको छ।शेर्पाको उपचारको लागी थप आर्थिक अभाव रहेकोले यदि कोहि कसैले आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने तलको बैंक खातामा जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ्।

Name:-Ang pasang sherpa

Global IME a/c no.:=D 807010000317






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution