हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

थाईल्यान्ड: गुफामा अलपत्र बालकहरूको उद्धार प्रयाश जारी,कयौ महिना लाग्ने (भिडियो)

थाईल्यान्डमा एउटा बाढीग्रस्त गुफामा ११ दिनदेखि अलपत्र परेका १२ जना बालक र तिनका प्रशिक्षकलाई बाहिर ल्याउन उद्धारकर्ताहरूले विभिन्न प्रयास गर्दैछन्।

खोजीदलले सोमवार जीवितै फेला पार्दा उनीहरूले सो अँध्यारो गुफामा विनाखाना नौ दिन बिताइसकेका थिए।तर उनीहरूलाई त्यहाँबाट सकुशल बाहिर ल्याउन अझै हप्तौँ अथवा महिनौँ लाग्नसक्ने अनुमान गरिएको छ।ती केटाहरूलाई स्कुबा डाइभिङको उपकरण प्रयोग गरी पौडी खेल्न सिकाउन सकिन्छ।

गुफाहरूबाट गरिने उद्धारसम्बन्धी एक अमेरिकी स‌ंस्था, यूएस केभ रेस्क्यु कमिशनका संयोजक अन्मर मिर्जाका अनुसार डाइभिङ गराएर छिट्टै बाहिर ल्याउन सकिने भएपनि त्यो उपाय एकदमै जोखिमपूर्ण छ।संसारकै केही उत्कृष्ट गोताखोरलाई उनीहरूनजिक पुग्न कैयौँ दिन लाग्यो।

गुफामा अलपत्र परेका अधिकांश बालकहरूलाई पौडी खेल्न नआउने बताइएको छ।तिनलाई तीव्र वेगमा बग्ने पानी, साँघुरा बाटा र राम्ररी नदेखिने स्थिति खेप्न गाह्रो हुने अनुमान गरिएको छ।

उद्धारकर्मीहरूले पूरै अनुसार छोप्ने मास्क उपलब्ध गराएका छन् र बाटोमा डाइभ लान, अक्सिजन ट्याङ्क एवम् बत्ती जडान गरिदिएका छन्। तर पनि जोखिम धेरै हुने विज्ञहरू बताउँछन्।

अर्को विकल्प भनेको पानीको सतह घटुन्जेलसम्म कुर्नु हो। पानी घटेपछि उनीहरू हिँडेरै बाहिर निस्किन सक्छन्।

तर भरखरै वर्षा सुरु भएकाले पानी घट्न महिनौँ पर्खनुपर्ने हुन्छ।उद्धारकर्मीहरूले गुफामा ड्रिल गरेर उनीहरूको हवाईउद्धार गर्न सकिन्छ कि भनेर पनि विचार गर्दैछन्।तर त्यसो गर्न त्यति सहज भने छैन।

गुफाभित्र कस्ता जोखिम छन्?

ती बालकहरू र तिनका २५ वर्षीय प्रशिक्षक गुफाभित्र एउटा सानो माटोको ढिस्को जस्तो ठाउंमा खाँदिएर बसेका छन्।ओसिलो वातावरण भएकाले उनीहरूले न्यानो र सुख्खा रहनुपर्ने हुन्छ। नत्र तापक्रम घट्दा हुने हाइपोथर्मियाले पिरोल्न सक्छ।ढुङ्गा खस्ने जोखिम पनि छ। तर उद्धारकर्मी पनि पानीको बढ्दो सतहका कारण चिन्तामा परेका छन्।

पानीको भेलले गुफाभित्र जाने बाटो छेकिदिन सक्छ र सो स्थानमा हावाको बहाव पनि प्रभावित हुनसक्छ। त्यसो हुँदा उनीहरूलाई सो स्थानबाट बाहिर ल्याने प्रयासमा असर पुग्नसक्छ।आफ्नो उद्धार कुरिरहँदा ती बालकहरू शान्त भएर त्यो ढिस्कोमा बस्नुपर्ने धारणा ब्रिटिश केभिङ एसोसिएशनका पूर्वप्रमुख यान्डी ईभिसको छ।

नत्र चट्टान खस्ने अथवा पानीले बगाउने हुनसक्छ।”अँध्यारोमा घिस्रिनु सबैभन्दा ठूलो समस्या हो,” उनले बीबीसीलाई बताए।

उनीहरूलाई कस्तो सहयोग गरिँदैछ?

उनीहरूलाई अत्यावश्यक खाना र औषधि मङ्गलवार उपलब्ध गराइयो। तिनमा उच्चक्यालोरी दिने जेल र सिटामोल पनि थिए।
थाई जलसेनाका क्याप्टेन आनन्द सुरवानका अनुसार चार महिनालाई पुग्ने थप खानेकुरा पठाउने र गुफाबाट पानी निकास गर्ने प्रयाससँगै १३ जनालाई पानीमुनि पौडने अर्थात डाइभ गर्ने तालिम दिने तयारी गरिनेछ।

सो समूहका केही कमजोर देखिएका वा केहीलाई सामान्य चोट लागेको भए पनि अधिकांश सकुशल छन्।त्यहाँ एक चिकित्सक र नर्स पनि गएका छन्। उनीहरूले नै अलपत्र परेका बालकहरू स्थानान्तरण गर्नका लागि सबल छन् कि छैनन् त्यसको निर्णय गर्नेछन्।

यसैबीच गोताखोरहरूले अक्सिजनका सयौँ ट्याङ्कहरू गुफामा लगेका छन्।त्यहाँ एउटा आधार शिविर स्थापना गर्ने तयारी हुँदैछ।

मानसिक तनाब कसरी कम गर्ने?

ईभिसका अनुसार यस्तो परिस्थितिमा सबैभन्दा डरलाग्दो कुरा भनेको अन्धकार हो।बालकहरूसँग टर्च लाइट वा मोबाइलमा बत्ती हुन सक्छ। तर उनीहरू सयौँ घण्टा अन्धकारमा बसेका थिए, उनी भन्छन्।त्यसैले उद्धारटोलीहरूले गुफामा बत्ती पुर्‍याएका छन् र उनीहरूसँग समय बिताउन थालेका छन्।

गोताखोरहरूले बिजुली र टेलिफोन लाइन पुर्‍याएर ती बालकहरूलाई तिनका परिवारसँग कुरा गराउने व्यवस्था पनि मिलाउँदैछन्।सबै कुरा विचार गर्दा अहिलेसम्म उनीहरू ठिकै रहेको आकलन गरिएको छ।

“उनीहरू मानसिक रूपमा स्थिर छन् जुन धेरै राम्रो कुरा हो,” उद्धार अभियानमा सहभागी बेल्जियमका गोताखोर बेन रेमेनन्ट्सले एएफपीलाई बताए।”भाग्यवश प्रशिक्षकसँग सबैलाई सँगै राख्ने बुद्धि थियो। जसका कारण उनीहरू जोगिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution