हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

विश्वकप क्वार्टर फाइनल: शुक्रबारबाट सुरू, को-कोसँग भिड्दैछन्

रसियामा जारी २१ औं संस्करणको विश्वकप प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन्।मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो।

क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन्। पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ।

प्रि क्वार्टर फाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनालाई ३ का विरूद्ध ४ गोलले हराएर फ्रान्स क्वार्टरफाइनलमा पुगेको हो भने उरूग्वेले क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगललाई २-१ गोलले हराएको थियो।

त्यही दिनको दोस्रो खेल पाँच पटकको विश्वविजेता ब्राजिल र बेल्जियमबीच हुँदैछ।

प्रिक्वार्टर फाइनलमा ब्राजिलले मेक्सिकोलाई हराएको थियो भने बेल्जियमले एसियाली टोली जापानलाई पाखा लगाएको थियो।

शनिबारको पहिलो खेल १९६६ को विश्वविजेता इंग्ल्याण्ड र स्विडेनबीच हुनेछ।

इंग्ल्याण्ड टाइब्रेकरमा कोलम्बियालाई हराएर क्वार्टर फाइनल पुगेको हो भने स्विडेनले स्विट्जरल्याण्डलाई १-० ले हराएको थियो।

क्वार्टर फाइनलको अन्तिम खेल आयोजक रसिया र क्रोएशियाबीच हुनेछ। रसियाले २०१०को विश्वविजेता स्पेनलाई टाइब्रेकरमा स्तब्ध पारेर क्वार्टर फाइनल पुगेको थियो भने क्रोएशियाले डेनमार्कलाई हराएको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution